फ्यानसँग रोनाल्डोको लुकाछिपी, किन छोपे अनुहार ?

खरीबोट

काठमाडौँ । क्रिस्टियानो रोनाल्डो कोपा डेल रेको खेल अघि एक रेस्टुरेन्ट बाहिर आफ्नो अनुहार छोपेको अवस्थामा भेटिएका छन् ।

नुमान्सियाविरुद्धको खेल अघि रियलका स्टार खेलाडी रोनाल्डो आफ्नो अनुहारलाई कालो स्कापले छोपेर आफ्ना फ्यानहरुसँग लुक्ने प्रयास गरेका थिए । रोनाल्डोले मुख छोपे पनि उनलाई फ्यानहरुले चिनेर पछ्याएका थिए ।

पछिल्लो ला लिगाको खेलमा बराबरीमा रोकिएपछि चर्को आलोचना खेपेको रियल टिमले बुधबार राति कोपा डेल रेको अन्तिम १६ को दोस्रो लिगमा रोनाल्डोलाई आराम दिइएको थियो । नुमान्सियाविरुद्धको पहिलो लिगमा पनि रोनाल्डोलाई आराम दिइएको थियो ।

३२ बर्षिय रोनाल्डो ला लिगामा यस सिजनमा लयमा फर्किन संघर्ष गरिरहेका छन् । लिगको शिर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा १६ अंकले पछाडी रहेको रियलका लागि ला लिगामा रोनाल्डोले केबल ४ गोल गरेका छन् । 
 

सम्बन्धित समाचार

गोल गर्दा रोनाल्डो रगताम्य, मोबाइलले अनुहार हेरेको तस्बिर भयो भाइरल 

काठमाडौँ । स्पेनिस ला लिगामा गएराती भएको रियल म्याड्रिडको खेलमा रोनाल्डो फेरी ट्रोल भएका छन् ।  खेलमा टाउकोमा चोट लागेर रगताम्मे भएका रोनाल्डोले फिजियोको मोबाइलले आफ्नो अनुहारको चोट हेर्दै गरेको तस्बिर

डिपोर्टिभोमाथि रियल म्याड्रिडको गोलको वर्षा; रोनाल्डो, बेल र नाचोले गरे दुई दुई गोल 

काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिडले डिपोर्टिभो लाकुरानामाथि गोलको वर्षा गरेको छ । गएराती भएको खेलमा रियल म्याड्रिडले डिपोर्टिभोलाई ७-१ गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा

मेसी विश्वकै धेरै पारिश्रमिक पाउने खेलाडी, रोनाल्डो टप ५ मा परेनन् 

काठमाडौँ । स्पेनको चर्चित पत्रिका मार्काले विश्वका १० धेरै पारिश्रमिक पाउने खेलाडीको सुची सार्वजनिक गरेको छ ।  यो सुचिमा विश्वका उत्कृष्ट खेलाडी क्रिस्टियानो रोनाल्डो टप ५ मा पर्न असफल भएका छन्

रोनाल्डो र बेल बिना रियल म्याड्रिड विजयी, मार्को एसेन्सियोले गरे गोल 

काठमाडौँ । रियल म्याड्रिड कोपा डेल रे क्वाटरफाइनलको पहिलो लिगमा १-० ले विजयी भएको छ ।  गएराती भएको खेलमा रियल म्याड्रिडले मार्को एसेन्सियोको अन्तिम समयको गोलको मद्धतले लेगानेविरुद्ध १-० को जित