फ्यानसँग रोनाल्डोको लुकाछिपी, किन छोपे अनुहार ?

खरीबोट
ad

काठमाडौँ । क्रिस्टियानो रोनाल्डो कोपा डेल रेको खेल अघि एक रेस्टुरेन्ट बाहिर आफ्नो अनुहार छोपेको अवस्थामा भेटिएका छन् ।

नुमान्सियाविरुद्धको खेल अघि रियलका स्टार खेलाडी रोनाल्डो आफ्नो अनुहारलाई कालो स्कापले छोपेर आफ्ना फ्यानहरुसँग लुक्ने प्रयास गरेका थिए । रोनाल्डोले मुख छोपे पनि उनलाई फ्यानहरुले चिनेर पछ्याएका थिए ।

पछिल्लो ला लिगाको खेलमा बराबरीमा रोकिएपछि चर्को आलोचना खेपेको रियल टिमले बुधबार राति कोपा डेल रेको अन्तिम १६ को दोस्रो लिगमा रोनाल्डोलाई आराम दिइएको थियो । नुमान्सियाविरुद्धको पहिलो लिगमा पनि रोनाल्डोलाई आराम दिइएको थियो ।

३२ बर्षिय रोनाल्डो ला लिगामा यस सिजनमा लयमा फर्किन संघर्ष गरिरहेका छन् । लिगको शिर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा १६ अंकले पछाडी रहेको रियलका लागि ला लिगामा रोनाल्डोले केबल ४ गोल गरेका छन् । 
 

सम्बन्धित समाचार

रोनाल्डो बने युरोपको धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी

काठमाडौं । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले यस विश्वकपमा चौथो गोल गरेका छन् ।  पहिलो खेलमा स्पेनविरुद्ध ह्याट्रिक गरेका रोनाल्डोले त्यसको पांच दिन पछि विश्वकपमा दोस्रो खेलमा मोरक्कोविरुद्ध खेलको चौथो मिनेटमा गोल गर्दै

पोर्चुगलको जितमा रोनाल्डोको निर्णायक गोल, रोनाल्डोले बनाए यस्ता रेकर्ड 

काठमाडौं । विश्वकप फुटबल अन्तर्गत समुह बि मा पोर्चुगलले पहिलो जित हासिल गरेको छ ।  बुधबार भएको खेलमा मोरक्कोलाई १-० ले पराजित गर्दै पोर्चुगलले यस विश्वकपमा पहिलो जित हासिल गरेको हो

पोर्चुगलविरुद्ध इतिहास दोहोराउने दाउमा मोरक्को, रोनाल्डो नै प्रमुख चुनौती 

काठमाडौँ । विश्वकप अन्तर्गत समुह बि को दोस्रो खेल आज हुदै छ । नेपाली समय अनुसार साँझ ५:४५ बजे समुह बि का पोर्चुगल र मोरक्कोबीच खेल हुदै छ ।  पोर्चुगलले स्पेनसँगको

प्रधानमन्त्री ओलीज्यू मेसीले जस्तो पेनाल्टी मिस गर्नुभयो, अब रोनाल्डो बन्नुस् 

काठमाडौँ । अहिले विश्वकपको चर्चा सबै तिर छ । गत विहिबारदेखि सुरु भएको विश्वकप फुटबल सुरुमै रोमान्चक खेल हुदैछन् । तपाई प्रधानमन्त्री भएको पनि चार महिना बितिसकेको छ ।  सुनिदै