• २०८१ बैशाख ७ शुक्रबार

मेसीले आफ्नो खेल जीवन झल्किने फूटबल बुट पाए उपहार 

kharibot

काठमाडौँ । लियोनेल मेसीले उपहार स्वरूप पाएको हातले पेन्ट गरेको फुटबल बुट अहिले चर्चाको विषय बनेको छ ।

पराग्गुवेका कलाकार लिली कान्टेरोले मेसीको खेल जीवनलाई फुटबलको बुटमा हातले पेन्ट गरेर मेसीलाई उपहार स्वरूप दिएका हुन् ।  सो उपहार पाएपछि मेसीले सो बुट मिडियामा सार्वजनिक गरेका छन ।

सो बुटमा मेसीका खेल जीवनका महत्वपूर्ण क्षणहरुलाई उतारेका छन् । सो बुटमा मेसीको परिवार, श्रीमती, बच्चासँगको तस्बिर देखि एल क्लासिकोमा रियलविरुद्ध गोल गरेपछि आफ्नो जर्सी खोलेर रियलका फ्यानहरुलाई देखाएको ऐतिहासिक तस्विर पनि कैद गरेका छन् । 

कलाकार लिलीले यो बुट मेसीको खेल जीवनबाट प्रेरित भएर बनाएको बताउदै यसमा तस्बिरको माध्यमबाट मेसीको इतिहास र उनि कसरी मेहनत गरेर शिर्ष स्थानमा पुगे भन्ने देखाउन खोजेको बताएका छन् ।

कलाकार लिलीले हातले पेन्ट गरेर फुटबल बुट उपहार दिएको मेसी भने पहिलो खेलाडी होइनन् । लिलीले यस अघि पराग्गुवेका खेलाडी डेरलिज गोन्जालेजसहित अन्य व्यवसायिक फुटबलरलाई यस्ता हातले पेन्ट गरेका बुट उपहार स्वरूप दिएका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै