• २०८१ बैशाख ७ शुक्रबार

राप्रपा-प्रजातान्त्रिकमा संगठन विभाग र सचिवालय प्रमुख नियुक्त

kharibot

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबराले पार्टी संगठन विभाग प्रमुखमा महामन्त्री ध्रुवबहादुर प्रधानलाई नियुक्त गरेका छन् । 

पार्टी विधानको धारा २१ बमोजिम प्रधानलाई सो जिम्मेवारी प्रदान गरिएको प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए । 

त्यसैगरी अध्यक्ष राणाले धारा ४५ बमोजिम पार्टी केन्द्रीय सचिवालय प्रमुखमा अर्का महामन्त्री राजाराम श्रेष्ठलाई नियुक्त गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै