रियल म्याड्रिड कोपा डेल रेको क्वाटरफाइनलमा

खरीबोट

काठमाडौँ । कोपा डेल रे अन्तर्गत रियल म्याड्रिड समग्रमा ५-२ को जित सहित क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

गएराती भएको दोस्रो लिगमा खेलमा नुमान्सियासँग २-२ को बराबरी खेलेपछि पहिलो लिगमा पाएको ३-० को जित सहित समग्रमा रियलले ५-२ को जित हासिल गर्दै क्वाटरफाइनलमा प्रवेश पाएको हो ।

आफ्ना मुख्य खेलाडीहरु रोनाल्डो, बेल, बेन्जमालाई आराम दिएको यस खेलमा रियलका लागि दुवै गोल लुकास भाजक्वेजले गरेका थिए । भने नुमान्सियाका लागि दुवै गोल गुइलेरनो फेर्नानडेजले गरेका थिए ।

यस सिजनमा संघर्ष गरिरहेको रियल म्याड्रिड कोपा डेल रेको क्वाटरफाइनलमा पुगेपनि अघिल्लो खेलमा ला लिगामा सेल्टासँग र अहिले यस खेलमा नुमान्सियासँग नतिजा निकाल्न असफल भएपछि रियलक आलोचना भएको छ ।

प्रशिक्षक जिनेदिन जिदानले मुख्य खेलाडीलाई आराम दिएर अन्य खेलाडीलाई मौका दिएपनि उनका प्रयोगले नतिजा दिन असफल भइरहेकोले रियलको चिन्ता बढाएको छ । 
 

सम्बन्धित समाचार

रोनाल्डो र बेल बिना रियल म्याड्रिड विजयी, मार्को एसेन्सियोले गरे गोल 

काठमाडौँ । रियल म्याड्रिड कोपा डेल रे क्वाटरफाइनलको पहिलो लिगमा १-० ले विजयी भएको छ ।  गएराती भएको खेलमा रियल म्याड्रिडले मार्को एसेन्सियोको अन्तिम समयको गोलको मद्धतले लेगानेविरुद्ध १-० को जित

बार्सिलोनालाई एस्पेनीयोलले हरायो, मेसीले गरे पेनाल्टी मिस

काठमाडौँ । बार्सिलोना कोपा डेल रे को पहिलो लिगमा एस्पेनीयोलसँग पराजित भएको छ ।  गत अगस्तदेखि अपराजित रहेको बार्सिलोना पहिलो पटक हार बेहोरेको छ । यस खेलमा स्टार खेलाडी लियोनेल मेसीले

बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा, मेसीले २ मिनेटमा २ गोल गरे  

काठमाडौँ । बार्सिलोना कोपा डेल रे को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराती भएको खेलमा सेल्टा डी भिगोसँग भएको प्रि-क्वाटरफाइनलको दोस्रो लिगमा ५-० ले विजयी हुदै बार्सिलोना प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको

रियल म्याड्रिड कोपा डेल रेको क्वाटरफाइनलमा

काठमाडौँ । कोपा डेल रे अन्तर्गत रियल म्याड्रिड समग्रमा ५-२ को जित सहित क्वाटरफाइनलमा प्रवेश गरेको छ ।  गएराती भएको दोस्रो लिगमा खेलमा नुमान्सियासँग २-२ को बराबरी खेलेपछि पहिलो लिगमा पाएको