• २०८१ बैशाख ५ बुधबार

राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक, माघ १० गते मनोनयन दर्ता 

kharibot

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले निर्वाचन तालिका सार्वजनिक गर्दै माघ १० गते उम्मेदवारी दर्ता गर्ने दिन तोकेको छ । आयोगले यस अघि माघ ७ गते मतदाता नामावली सार्वजनिक गर्ने जनाएको छ ।

आयोगले सार्जनिक गरेको तालिका अनुसार उम्मेदवारको विरुद्ध उजुरी माघ ११ देखि १२ गतेसम्म, उम्मेदवारले नाम फिर्ता लिने माघ १४ गते देखि १५ गतेसम्म, उम्मेद्वा को अन्तिम नामावली प्रकाशन माघ १५ गते र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने पनि माघ १५ गतेलाई नै तोकेको छ ।

माघ २४ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी १५०६ र प्रदेश सभाका ५५० गरी कुल २०५६ मतदाता रहेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै