राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक, माघ १० गते मनोनयन दर्ता 

खरीबोट

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले निर्वाचन तालिका सार्वजनिक गर्दै माघ १० गते उम्मेदवारी दर्ता गर्ने दिन तोकेको छ । आयोगले यस अघि माघ ७ गते मतदाता नामावली सार्वजनिक गर्ने जनाएको छ ।

आयोगले सार्जनिक गरेको तालिका अनुसार उम्मेदवारको विरुद्ध उजुरी माघ ११ देखि १२ गतेसम्म, उम्मेदवारले नाम फिर्ता लिने माघ १४ गते देखि १५ गतेसम्म, उम्मेद्वा को अन्तिम नामावली प्रकाशन माघ १५ गते र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने पनि माघ १५ गतेलाई नै तोकेको छ ।

माघ २४ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी १५०६ र प्रदेश सभाका ५५० गरी कुल २०५६ मतदाता रहेका छन् । 
 

सम्बन्धित समाचार

एमाले- माओवादी संयोजन समिति बैठक : राष्ट्रियसभाको भागबन्डा अनुमोदन

काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता गर्न गठित पार्टी एकता संयोजन समितिको आजको बैठक सकिएको छ । एमाले अध्यक्ष केपी ओली निवास भक्तपुर बालकोटमा बसेको बैठकमा राष्ट्रियसभा उम्मेदवारको प्रदेशगत

राष्ट्रियसभा सदस्य निर्वाचनको मतदाता नामावली सार्वजनिक (सुची सहित)

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताहरूको नामावली निर्वाचन आयोगले आइतबार प्रकाशित गरेको छ । निर्वाचन कार्यतालिका अनुसार आयोगले आइतबार  ७ वटै प्रदेशको मतदाता नामावली प्रकाशित गरेको हो । सातवटै प्रदेशबाट एक दलित,

राष्ट्रियसभा निर्वाचनबारे राजपा र फोरमसँग काँग्रेसको छलफल

काठमाडौँ ।  आगामी राष्ट्रियसभा सदस्य निर्वाचनमा सहकार्य गर्नेबारे प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले दलीय छलफल शुरु गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार वाम गठबन्धनबाहेकका संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टीलगायत

प्रदेसबाट एमालेका राष्ट्रियसभा उम्मेदार सिफारिस, हेभिवेट नेता परेनन्, को को परे ?  

काठमाडौँ । नेकपा एमालेबाट ६ वटा प्रदेश संगठन कमिटीले राष्ट्रिय सभाका सांसदका उम्मेदवार सिफारिस गरेका छन् । ६ वटा प्रदेशबाट प्रदेश कमिटीले एक सयभन्दा बढी उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको