माघ २ बाट महानगरका भित्री सडकमा चारपाङ्ग्रे सवारीसाधन निषेध 

खरीबोट

काठमाडौँ । काठमाडौं महानगरपालिकाले वडा नम्बर १७, १८, १९, २२, २४, २५, र २७ वडामा माघ २ गतेबाट लागू हुने गरी चारपाङ्ग्रे सवारीसाधन प्रवेशमा रोक लगाउने भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै काठमाडौँ महानगर र महानगरीय ट्राफिक प्रहरी महाशाखाले यो अभियान लागू गर्नलागेको सर्वसाधारणलाई जानकारी गराएका हुन् । 

भित्री सहर व्यवस्थित गर्न, अन्य संरचनाका साथै ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै आगामी माघ २ गतेबाट बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म व्यस्त सहरमा आकस्मिक सेवाका साधनबाहेक अन्य चार पाङ्ग्रे सवारीसाधनलाई भोटाहिटीबाट असन चोकसम्म दुईतर्फी पूर्ण निषेध गरिएको हो ।

यस्तै, चारपांग्रे सवारीसाधनहरु एकतर्फी रुपमा नरदेवीबाट भेडासिङ्ग हुँदै इन्द्रचोकसम्म मात्र जान पाउनेछन् । त्यसैगरी, टेङ्गलबाट बाङ्गेमुढा हुँदै भेडासिङ्ग, इन्द्रचोकसम्म जान पाउने, क्षेत्रपाटीबाट ठहिटी हुँदै नघल बाङ्गेमुढा, भेडासिङ्ग हुँदै इन्द्रचोकसम्म एकतर्फी रुपमा मात्र जान पाउनेछन् । 

यस्तै, इन्द्रचोकबाट असन, इन्द्रचोकबाट भेडासिङ्ग, ज्याठाबाट त्यौड, ठहिटीबाट असन, कमलाक्षीबाट असन, महाबौद्धबाट असन, इन्द्रचोकबाट वंटुसम्म चारपाङ्ग्रे सवारीसाधन प्रवेशलाई निषेध गरिएको छ । नियम उल्लङ्घन गर्ने सवारी साधनलाई रु ५०० देखि एक हजारसम्म जरिवाना समेत तोकिएको छ । 

काठमाडौँ महानगरभित्रका १७, १८, १९, २२, २४, २५, र २७ वडा ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक विश्वसम्पदाले भरिपूर्ण भएकाले यहाँको मौलिकता एवं पहिचानलाई जीवन्तता दिन र बाहिरी पर्यटकलाई यी सम्पदाहरुको अवलोकन गर्न आउँदा पर्ने अप्ठ्यारो तथा स्थानीय व्यापार गर्न तथा पैदलयात्रुलाई पर्न गएको असुविधालाई मध्यनजर राख्दै महानगरीय ट्राफिक प्रहरी तथा महानगरले यो अभियान ल्याएको हो । आकस्मिक अवस्थामा भने चारपाङ्ग्रे सवारीसाधन प्रवेश गर्न दिइनेछ । एम्बुलेन्स, दमकल, वृद्धवृद्धा तथा बालबालिकाको हकमा भने यो नियम लागू हुनेछैन । 

कार्यक्रममा महानगरका कार्यकारी प्रमुख धनीराम शर्माले महानगरको सांस्कृतीक एवं पुरातात्विक सम्पदाको संरक्षणको लागी चारपाङ्गे सवारीसाधन आगमनमा रोक लगाउन आवश्यक रहेको बताएका छन् ।

त्यस्तै महानगरीय ट्राफीक प्रहरी महाशाखाका प्रहरी निरीक्षक विदुर कुमार शर्माले भित्री सडकमा हिँड्ने पैदल यात्रुको असहजा हटाउन चारपाङ्गे सवारीसाधन प्रवेश हटाउन आवश्यक रहेको बताएका छन् । 
 

सम्बन्धित समाचार

महानगरीय प्रहरी परिसर काठमाडौंमा पोखरेल आए, धानुक गए

काठमाडौँ / महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुखका रुपमा वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले आजदेखि कार्यभार सम्हालेका छन्  ।  प्रहरी प्रधान कार्यालयले यसअघिका परिसरका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक रवीन्द्र धानुकको आइतबार सरुवा गर्दै उनको

प्रदेश सांसदहरु भाडाको घरमा बस्नु पर्दैन : उपमहानगर प्रमुख महत

हेटौँडा । प्रदेश नं ३ का सांसदहरुलाई हेटौँडामा भाडाको घरमा बस्न नपर्ने भएको छ । हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतका अनुसार यहाँ सांसदहरुका लागि सरकारी भवनमा आवासको व्यवस्था गरिने भएकाले भाडाको घर

घर बनाउँदै हुनुहुन्छ ? अब एसएमएसबाटै लिनुस् जानकारी

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले भवन इजाजतसम्वन्धी सेवाग्राहीको सूचना मोबाइल सन्देश (एसएमएस)बाटै दिन थालेको छ ।  सेवालाई छिटो छरितो र प्रभावकारी वनाउन उक्त सेवा शुरु गरिएको कामपाका सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी

काठमाडौँ महानगरले सार्वजनिक ठाउमा इन्टरनेट राख्न सकेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुल्ला सार्वजनिक स्थानमा इन्टरनेटको व्यवस्था गर्ने काम बजेटका कारण अन्यौल भएको छ ।  पशुपति क्षेत्र, हनुमानढोका, शंखपार्क, बौद्धनाथ लगायत स्थानमा पनि इन्टरनेट राख्ने भनेपनि अर्थ अभावका कारण काम अघि