माघ २ बाट महानगरका भित्री सडकमा चारपाङ्ग्रे सवारीसाधन निषेध 

खरीबोट

काठमाडौँ । काठमाडौं महानगरपालिकाले वडा नम्बर १७, १८, १९, २२, २४, २५, र २७ वडामा माघ २ गतेबाट लागू हुने गरी चारपाङ्ग्रे सवारीसाधन प्रवेशमा रोक लगाउने भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै काठमाडौँ महानगर र महानगरीय ट्राफिक प्रहरी महाशाखाले यो अभियान लागू गर्नलागेको सर्वसाधारणलाई जानकारी गराएका हुन् । 

भित्री सहर व्यवस्थित गर्न, अन्य संरचनाका साथै ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै आगामी माघ २ गतेबाट बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म व्यस्त सहरमा आकस्मिक सेवाका साधनबाहेक अन्य चार पाङ्ग्रे सवारीसाधनलाई भोटाहिटीबाट असन चोकसम्म दुईतर्फी पूर्ण निषेध गरिएको हो ।

यस्तै, चारपांग्रे सवारीसाधनहरु एकतर्फी रुपमा नरदेवीबाट भेडासिङ्ग हुँदै इन्द्रचोकसम्म मात्र जान पाउनेछन् । त्यसैगरी, टेङ्गलबाट बाङ्गेमुढा हुँदै भेडासिङ्ग, इन्द्रचोकसम्म जान पाउने, क्षेत्रपाटीबाट ठहिटी हुँदै नघल बाङ्गेमुढा, भेडासिङ्ग हुँदै इन्द्रचोकसम्म एकतर्फी रुपमा मात्र जान पाउनेछन् । 

यस्तै, इन्द्रचोकबाट असन, इन्द्रचोकबाट भेडासिङ्ग, ज्याठाबाट त्यौड, ठहिटीबाट असन, कमलाक्षीबाट असन, महाबौद्धबाट असन, इन्द्रचोकबाट वंटुसम्म चारपाङ्ग्रे सवारीसाधन प्रवेशलाई निषेध गरिएको छ । नियम उल्लङ्घन गर्ने सवारी साधनलाई रु ५०० देखि एक हजारसम्म जरिवाना समेत तोकिएको छ । 

काठमाडौँ महानगरभित्रका १७, १८, १९, २२, २४, २५, र २७ वडा ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक विश्वसम्पदाले भरिपूर्ण भएकाले यहाँको मौलिकता एवं पहिचानलाई जीवन्तता दिन र बाहिरी पर्यटकलाई यी सम्पदाहरुको अवलोकन गर्न आउँदा पर्ने अप्ठ्यारो तथा स्थानीय व्यापार गर्न तथा पैदलयात्रुलाई पर्न गएको असुविधालाई मध्यनजर राख्दै महानगरीय ट्राफिक प्रहरी तथा महानगरले यो अभियान ल्याएको हो । आकस्मिक अवस्थामा भने चारपाङ्ग्रे सवारीसाधन प्रवेश गर्न दिइनेछ । एम्बुलेन्स, दमकल, वृद्धवृद्धा तथा बालबालिकाको हकमा भने यो नियम लागू हुनेछैन । 

कार्यक्रममा महानगरका कार्यकारी प्रमुख धनीराम शर्माले महानगरको सांस्कृतीक एवं पुरातात्विक सम्पदाको संरक्षणको लागी चारपाङ्गे सवारीसाधन आगमनमा रोक लगाउन आवश्यक रहेको बताएका छन् ।

त्यस्तै महानगरीय ट्राफीक प्रहरी महाशाखाका प्रहरी निरीक्षक विदुर कुमार शर्माले भित्री सडकमा हिँड्ने पैदल यात्रुको असहजा हटाउन चारपाङ्गे सवारीसाधन प्रवेश हटाउन आवश्यक रहेको बताएका छन् । 
 

सम्बन्धित समाचार

विराटनगर महानगरमा विष्फोटमा संलग्न रहेको आशङ्कामा ९ जना पक्राउ

विराटनगर। विराटनगर महानगरपालिका प्रमुखको कक्षको बाहिर आइतबार गराइएको कुकर बम विष्फोटनको आशङ्कामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख मनोजकुमार केसीले उनीहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए

विराटनगर महानगरको मेयर पराजुलीको कार्यकक्ष बाहिर बम विस्फोट

विराटनगर। विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष बाहिर बम विस्फोट भएको छ। प्रहरीले  विस्फोट भएको पुष्टी गर्दै घटना बारे अनुसन्धान बहिरहेको बताएको छ। विष्फोटबाट कार्यालयमा क्षति क्षति पुगेकोप्रहरीले बताएको छ।  आइतबार दिउँसो

तुलसीपुर उपमहानगरपालिकाद्वारा असारे योजना रोक्ने निर्णय

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले असार महिनामा योजना सम्पन्न गर्ने प्रवृत्ति अन्त्य गर्ने निर्णय गरेको छ । अधिकांश बजेटको कार्यान्वयन असारमा हुने र आर्थिक वर्षको अन्तमा विकास र निर्माणका कार्यमा तदारुकता

काठमाडौँ महानगरद्वारा स्मार्ट पार्किङस्थल निर्माण प्रक्रिया अघि बढाउदै 

काठमाडौँ।  मुख्य समस्याका रुपमा रहेको काठमाडौँ उपत्यकाको यातायातको साधन पार्किङमा अब सहज हुने भएको छ ।  काठमाडौँ महानगरपालिकाले पार्किङ व्यवस्थित गर्नका लागि स्मार्ट पार्किङ निर्माणको तयारीमा जुटेसँगै उक्त समस्यामा कमी आउने