• २०८१ बैशाख ७ शुक्रबार

नेपाल दृष्टिविहीन विश्वकप क्रिकेटको दोस्रो खेलमा पनि पराजित

kharibot

काठमाडौं । दृष्टिविहीन विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । 

नेपाल बुधबार बंगलादेशसँग ४ विकेटले पराजित भएको हो । पाकिस्तानको लाहोरमा नेपालले दिएको २ सय ३५ रनको लक्ष्य बंगलादेशले ३३ ओभर ३ बलमा ६ विकेट गुमाएर भेटायो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० ओभरमा ९ विकेट गुमाएर २ सय ३४ रन बनाएको थियो । नेपालका लागि कप्तान कृतन श्रेष्ठ दुवालले ६६ रन बनाए ।

मंगलबार भएको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो । बंगलादेश पनि पाकिस्तानसँग ९ विकेटले नै पराजित भएको थियो । नेपालले आफ्नो तेस्रो खेल श्रीलंकासँग शुक्रबार दुबईमा खेल्दैछ । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै