• २०८१ बैशाख ७ शुक्रबार

सामसुङले ग्यालेक्सी एस९ र एस९प्लसको 'रिलिज डेट' तोक्यो

kharibot

युरोप । चर्चित मोबाइल निर्माता कम्पनी सामसुंगले बहुप्रतीक्षित ग्यालेक्सी एस९ स्मार्टफोन अर्को महिना स्पेनको बार्सिलोनामा हुने मोबाइल वल्र्ड कंग्रेस ट्रेडशोमा सार्वजनिक गर्ने भएको छ । ग्यालेक्सी एस सिरिजको बहुप्रतीक्षित स्मार्टफोन एस९ अर्को महिना सार्वजनिक गर्ने जानकारी कम्पनीले दिएको हो । 

कम्पनीका मोबाइल विभागका प्रमुख डीजे कोका अनुसार एस९ र एस९प्लस फेब्रुअरीमा लन्च हुनेछ । जेटडीनेटसँगको अन्तर्वार्ताका क्रममा यो खुलासा भएको एक्सप्रेस युकेले जनाएको छ । मोबाइल कंग्रेस आगामी २६ फेब्रुअरीदेखि मार्च १ सम्म हुँदै छ । एमडब्ल्युसीमा लन्चपछि मार्चमा कम्पनीले मोबाइलको बिक्रीवितरणको प्रक्रिया सुरु गर्नेछ । 

यस सिरिजका अन्य फोनसँग यी फोनका डिजाइन परिचायक हुनेछ । एस९ र एस९प्लस स्मार्टफोन क्रमशः ५.८ इन्च र ६.२ इन्चका हुनेछन् भने डुअल कभ्र्ड, इन्फिनिटी डिस्प्लेयुक्त हुने जनाइएको छ । दुवै मोडलमा ३.५ एमएमको हेडफोन पोर्ट हुनेछ । यसमा बिक्सबी बटन हुनेछ भने यसमा एकेजी स्टेरियो स्पिकर्स हुनेछ । दुवैमा डुअल क्यामरा सेटअप हुनेछ । 

त्यस्तै एजेन्सीहरुमा सार्वजनिक भएअनुसार लेन्सभन्दा तल फिंगर प्रिन्ट स्क्यानर रहनेछ भने पछाडिपट्टि दुईवटा क्यामरा रहनेछन् । सामाजिक सञ्जालमा यी दुवै फोनका तस्बिरहरु चुहावट भएसँगै सार्वजनिक गरिने मिति कम्पनीले घोषणा गरेको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै