• २०८१ बैशाख ७ शुक्रबार

मल्लिका सेरावतले तिरिनन् घरभाडा, अदालतले दियो सामान बेचेर असुल्न आदेश 

kharibot

मुम्बई । बलिवुड अभिनेत्री मल्लिका सेरावत अहिले आफ्ना फ्रेन्च प्रेमीसँग फ्रान्समा बस्दै आएकी छन् ।

बलिवुडबाट केहि समयदेखि टाढा रहेकी मल्लिका अहिले समस्यामा परेकी छन् । फ्रान्समा अदालतले उनि बसेको भाडा नतिरेको आरोपमा उनलाई घर खालि गराउन आदेश दिएको छ ।

मल्लिकाले आफु बसेको घरको ९४ हजार डलर भाडा नतिरेको आरोप लागेको हो । घरभाडा नतिरेपछि घरमालिकले अदालतमा मुद्धा दायर गरेका थिए । अदालतले पनि सो मुद्धामा फैसला गर्दै उनलाई घरबाट निकाल्न र घरमा रहेका फर्निचर लगायतका सामानबाट सो पैसा असुल गर्न आदेश दिएको छ ।

मल्लिकाले गत जनवरीदेखि लिएको घरको भाडा नतिरेको बताइएको छ । अदालतको निर्णयविरुद्ध अपिल गर्न पाउने व्यवस्था रहेको र आगामी मार्च ३१ सम्म अपिल नगरे मल्लिकालाई घरबाट निकाल्न सक्ने व्यवस्था रहेको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् ।   
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै