सुशील कोइराला क्यान्सर अस्पताल सञ्चालनमा आउने

खरीबोट

नेपालगञ्ज ।  लामो समयको पर्खाइपछि बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट बहिरङ्ग उपचार सेवा आगामी माघ महिनादेखि शुरु हुने भएको छ । 

नेपाल सरकारअन्तर्गत रहेको सो अस्पतालले यसअघि केही दिनका लागि स्याटेलाइट प्रणालीबाट बहिरङ्ग सेवा शुरु गरेको थियो, तर त्यसले निरन्तरता पाउन भने सकेन । 

अस्पतालका लागि आवश्यक पर्ने चिकित्सक, स्वास्थ्यकर्मी र प्रशासनिक कर्मचारीको नियुक्ति प्रक्रिया पनि थालिएको छ । अस्पताल सञ्चालक समितिका अध्यक्ष किस्मतकुमार कक्षपतिका अनुसार सबै कर्मचारीको लिखित परीक्षा भइसकेको छ, केही दिनभित्रै कर्मचारीको नियुक्त सरकारी तहबाट हुनेछ । 

सो अस्पताल सञ्चालनमा आएपछि मध्य तथा सुदूरपश्चिम क्षेत्रका क्यान्सर रोगका बिरामीलाई उपचारका लागि चितवन, काठमाडौँ र भारतका अस्पतालमा धाउनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ । 

अस्पतालले उपकरण खरिदका लागि टेण्डर आह्वान गरिसकेको र केही दिनभित्र तत्काल आवश्यक पर्ने उपकरण जडान भइसक्ने अध्यक्ष कक्षपतिले बताए । 

सम्बन्धित समाचार

पहिलो पटक क्यान्सर रोगीको तथ्याँक संकलन गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौँ । क्यान्सर रोगीको संख्या र उनीहरुको स्थिति थाहापाउन सरकारले उनीहरुको तथ्याँक संकलन गर्ने भएको छ ।  स्वास्थ्य मन्त्रालयले आफूअन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मार्फत पहिलो पटक ‘जनसंख्यामा आधारित क्यान्सर दर्ता प्रणाली’को

सुशील कोइराला क्यान्सर अस्पताल सञ्चालनमा आउने

नेपालगञ्ज ।  लामो समयको पर्खाइपछि बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट बहिरङ्ग उपचार सेवा आगामी माघ महिनादेखि शुरु हुने भएको छ ।  नेपाल सरकारअन्तर्गत रहेको सो अस्पतालले यसअघि केही दिनका लागि स्याटेलाइट

राति काम गर्ने महिलालाई छाला र स्तन क्यान्सरको खतरा बढी : अध्ययन 

एसिया । राति काम गर्ने महिलालाई छाला र स्तन क्यान्सरको जोखिम बढी हुने एक नयाँ अध्ययनले देखाएको छ । यसमा सबैभन्दा बढी खतरा नर्सहरुलाई हुने पनि अध्ययनमा बताइएको छ । अध्ययनकर्ताहरुका

दुवै मिर्गौला फेल भएका, क्यान्सर लागेका र पक्षघात भएका व्यक्तिलाई मासिक ५ हजार भत्ता दिने

काठमाडौं । सरकारले दुवै मिर्गौला फेल भएका, क्यान्सर लागेका र पक्षघात भएका व्यक्तिलाई सरकारले मासिक पाँच हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको जीविकोपार्जनका लागि