डा. गोविन्द केसीलाई अदालत लगियो, आज बहस हुदै 

खरीबोट

काठमाडौं । अदालतको अवहेलना अभियोगमा गिरफ्तार भएका डा. गोविन्द केसीलाई सर्वोच्च अदालत लगिएको छ ।

अदालतको अवहेलना सम्बन्धी मुद्दामा बहस हुँदैछ । आज न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलासमा केसी मुद्दाको बहस हुनेछ।

डा. केसीलाई मुद्दाको सुनुवाईका लागि वीर अस्पतालबाट अदालत लगिएको हो । मंगलबार बयान सकेपछि बुधबार बिहान १० बजे सुनुवाईका लागि बोलाइएको थियो । सुनुवाईअघि मुद्दाको पक्ष र विपक्षमा वकिलहरुले बहस गर्नेछन् ।

सर्वोच्चमा डा.केसी दिए लिखित बयानको पूर्ण पाठ 

मंगलबार नै सुनुवाई हुने कार्यतालिका रहे पनि बयान लिँदालिँदै समय सकिएपछि बुधबार बहस र सुनुवाई हुने भएको हो । 

बयानको क्रममा डाक्टर केसीले आफूले अदालतको अवहेलना गरेको नभई फैसलाको मात्र आलोचना गरेको बताएका थिए । केसीलाई स्वास्थ्य समस्या भएपछि उपचारका लागि वीर अस्पतालमा राखिएको थियो । बहस सकिएपछि अदालतको अवहेलना गरेको ठहरिएमा एक वर्ष जेल सजाय वा १० हजार जरिवाना वा दुवै हुने व्यवस्था छ ।

डा.केसीको पक्षमा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले बहसको नेतृत्व गर्नेछन् भने ओमप्रकाश अर्याल, बाबुराम गिरी, दिनेश त्रिपाठी,  सुरेन्द्र भण्डारीलगायत वकिलले बहस गर्ने भएका छन् ।

त्यस्तै डा.केसीको विपक्षमा रमण श्रेष्ठ,  उपेन्द्रकेशरी न्यौपाने, श्याम खरेल, लक्ष्मण थपलिया र दीपक बिष्टले बहस गर्ने भएका छन् ।

सम्बन्धित समाचार

डा.गोविन्द केसी माथिल्लो डोल्पामा

दुनै डोल्पा, १७ चैत (रासस) ः डा गोविन्द केसी स्थानीयवासीलाई घरघरमै उपचार सेवा प्रदान गर्न डोल्पाको माथिल्लो धो तराप उपत्यकामा आइपुगेका छन् ।  स्थानीयवासीलाई हाडजोर्नीदेखि अन्य जाँच गर्न आफू उक्त वस्तीमा आइपुगेको

डा. गोविन्द केसीले राखे ४ बुँदे माग, पुरा नभए अनशन बस्ने चेतावनी  

काठमाडौं । डा. गोविन्द केसीले ४ वटा माग अघि सारेर फेरी अनशन बस्ने चेतावनी दिएका छन् ।  आज एक प्रेस विज्ञप्ति जारी गर्दै ४ बुँदे माग अगाडी सारेर माग पुरा नभए

डा.केसीलाई तीनदिनभित्र अदालतमा उपस्थित हुन आदेश

काठमाडौँ ।  सर्वोच्च अदालतले वरिष्ठ चिकित्सक डा गोविन्द केसीलाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा तीनदिनभित्र अदालतमा उपस्थित हुन आदेश गरेको छ ।  प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले आज अवहेलना मुद्दामा डा केसीलाई अदालत उपस्थित हुन

डा.गोविन्द केसी नुवाकोटको स्वास्थ्य शिविरमा

त्रिशूली, नुवाकोट ।  फागु पूर्णिमा बिदाको सदुपयोग गर्दै डा गोविन्द केसी नुवाकोटका बिरामीको उपचारमा व्यस्त भएका छन् । डा केसी पञ्चकन्या गाउँपालिका–१ र लिखु गाउँपालिका–४ मा बिरामीको उपचारमा स्वास्थ्य शिविरमा संलग्न भएका