कोन्टिन्होलाई किने पछि ८ खेलाडी बेच्ने तयारीमा बार्सिलोना 

खरीबोट

काठमाडौँ । ब्राजिलियन मिडफिल्डर फिलिप कोन्टिन्होलाई १४५ मिलियन पाउण्डमा भित्राउना साथ बार्सिलोनाले आफ्ना ८ खेलाडीलाई बेच्ने तयारी गरेको छ ।

कोन्टिन्हो पछि आफ्नो मिडफिल्डलाई अझै सशक्त बनाउन बार्सिलोनाले एथलेटिकोबाट खेल्ने फ्रेन्च मिडफिल्डर एन्टोनी ग्रीजम्यानलाई ल्याउने तयारीस्वरूप आफ्ना पुराना खेलाडीलाई बेच्न लागेको रिपोर्ट सार्वजनिक भएको छ ।

बार्सिलोनाले आफ्ना खेलाडी अर्डा टुरान, एलेइक्स भिडाल, गेरार्ड डीउलोफ्यु, पाको अल्कासर, जोसे अर्नैज, एनड्रे गोमेज, डेनिस स्वरेज र जाभियर मस्चेरानोलाई बेच्ने तयारी गरेको छ ।

यो सुचिमा बार्सिलोनाले अर्डा टुरान र जाभियर मस्चेरानोलाई बेच्ने पहिलो सुचिमा राखेको छ । टुरानको बार्षिक पारिश्रमिक ७ मिलियन पाउण्ड भएकाले पनि उनलाई छिटो बेच्न खोजेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

बार्सिलोनाले यस सिजनको अन्त्यसम्म ग्रीजम्यानलाई करिब ८८ मिलियन पाउन्डमा भित्राउने तयारी स्वरूप पनि यी खेलाडीहरुलाई बेचेर आफ्नो फाइनान्सियल स्थिति मजबुत गर्न खोजेको बताइएको छ ।

मस्चेरानोलाई चिनियाँ क्लब हेबेई चाइना फर्च्युनले इच्छा देखाएको छ भने डेनिस स्वरेजलाई नापोलीले किन्न खोजेको छ । त्यस्तै गोमेजलाई इङलिश क्लब टोटनह्यामले र जोए अर्नैजलाई आर्सनलले किन्न इच्छा देखाएको छ ।

त्यस्तै अल्कासेरलाई इभर्टनले र भिडाललाई सेभिल्लाले किन्ने इच्छा देखाएको छ । त्यस्तै टुरानलाई टर्कीको क्लब गालाटासारेले किन्ने चर्चा चलेको छ ।
   

  
 
 

सम्बन्धित समाचार

बार्सिलोनाको विजय यात्रा जारी, मेसी र स्वरेजले गरे २-२ गोल 

काठमाडौँ । स्पेनिस ला लिगामा बार्सिलोनाको विजय यात्रा जारी रहेको छ । गएराती भएको खेलमा रियल बेटिसलाई ५-० गोल अन्तरले पराजित गर्दै बार्सिलोना ला लिगामा आफ्नो अग्रता कायम राखेको छ

ग्रीजम्यान भित्राउने दौडमा रियल म्याड्रिड पनि आयो, बार्सिलोनाले भन्यो,’कुरा भएको छैन’  

काठमाडौँ ।  स्पेनिस ला लिगाको महारथी बार्सिलोनाले एन्टोनी ग्रीजम्यानसँग ट्रान्सफरका विषयमा कुनै कुरा नभएको स्पष्ट पारेको छ ।  स्पेनिस मिडियाले ग्रीजम्यान बर्सिलोनाउने तय भइसकेको रिपोर्ट प्रकासित गरेपछि क्लबले यस विषयमा प्रष्ट

ला लिगामा भ्यालेन्सियाको हार र एथलेटिको बराबरीपछि बार्सिलोनालाई पुग्यो फाइदा 

काठमाडौँ । स्पेनिस ला लिगामा दोस्रो र तेस्रो स्थानमा रहेका एथलेटिको म्याड्रिड बराबरी र भ्यालेन्सियाले हार बेहोरेको छ ।  गएराती भएको खेलमा एथलेटिको म्याड्रिड गिरोनासँग १-१ गोलको बराबरीमा रोकियो भने भ्यालेन्सिया

जेरार्ड पिके २०२२ सम्म बार्सिलोनामै रहने, सम्झौता नविकरण गर्ने घोषणा   

काठमाडौँ । बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले क्लबमा आफ्नो सम्झौता २०२२ सम्मका लागि नवीकरण गरेका छन् । बार्सिलोना क्लबले आज दिएको जानकारी अनुसार पिकेले ५ सय मिलियन युरोको बाइआउट शर्तमा नयाँ सम्झौता