एमाले अध्यक्ष ओली बुधबार बैंकक जाने

खरीबोट

काठमाडौँ ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार थाइल्याण्डको बैंकक जाँदै छन् । 

उनी बुधबार मध्याह्न साढे १२ बजे थाई एयरवेजबाट बैंकक जाने भएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । 

उनका अनुसार अध्यक्ष ओलीले बैंककस्थित वुङरुगाड अस्पतालमा उपचार गराउने छन् ।  सचिव ज्ञवालीले ओलीका साथ धर्मपत्नी राधिका शाक्य, भतिजा राजेश शाक्य र चिकित्सकसमेत जाने छन् । मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षणका लागि उनी बैंकक जाने गरेका छन् । 

निर्वाचनको बेला दौडधुपका कारण ओलीको स्वास्थ्यमा परीक्षण गराउनुपर्दछ भनी चिकित्सकको सुझावअनुसार उनी बैंकक जाने भएका हुन् । निर्वाचनअघि नै स्वास्थ्य परीक्षण गराउने चिकित्सकको सल्लाह भए पनि निर्वाचनको कारणले उनी जान सकेका थिएनन् । 

स्वास्थ्य परीक्षण गराई अध्यक्ष ओली माघ २ गते स्वदेश फर्कने कार्यक्रम रहेको सचिव ज्ञवालीले जानकारी गराए । 

सम्बन्धित समाचार

उपराष्ट्रपति र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ ।  उपराष्ट्रपति नन्दबहादुर पुन र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज अध्यक्ष ओली निवास बालकोटमा भेटवार्ता भएको छ ।  नियमित स्वास्थ्य परीक्षणपछि बिहीबार स्वदेश फर्कनुभएका अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे उपराष्ट्रपति

बैंककबाट फर्किएपछि ओलीले भने-‘प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने निर्णयमा सहमति छैन’ 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले तोकेका प्रदेश प्रमुख र अस्थायी मुकाममा आफूहरुको सहमति नरहेको बताएका छन् । बैंककमा स्वास्थ्य परीक्षण गरेर बिहीबार स्वदेश फर्किएका ओलीले आफ्नो स्वास्थ्य

एमाले अध्यक्ष ओली बिहीबार फर्कने

काठमाडौँ ।  नियमित स्वास्थ्योपचारका लागि थाइल्याण्डको बैंककमा रहनुभएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बिहीबार स्वदेश फर्कने भएको छ ।  गत पुस २६ मा त्यसतर्फ जानुभएका उनी आज आउने कार्यक्रम रहेकामा दुई दिन थप भई

विमानस्थलमा ओलीका तीन निशाना :  डा.गोविन्द केसी, काँग्रेस महामन्त्री र निर्वाचन आयोग

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्दै गर्दा व्यक्त गरेका विचारले अहिले सामाजिक सञ्जाल देखि मिडियासम्म तरंगित बनेका छन्