• २०८१ बैशाख १४ शुक्रबार

रौतहटमा करेन्ट लागेर कामदारको मृत्युु

kharibot

रौतहट । जिल्लाको माधवनारायण नगरपालिकामा करेन्ट लागेर एकजना विद्युत् कामदारको मृत्युु भएको छ । 

माधवनारायण नगरपालिका–१ दीपही गाउँमा पोलमा लाइन जोड्ने क्रममा तारमा विद्युत् प्रवाह भएर विद्युत् प्राधिकरण गौरका कामदार २२ वर्षीय सञ्जीव कुशवाहाको मृत्युु भएको प्रहरीले जनाएको छ । 

लामोसमयदेखि ढलिरहेको सो पोल ठड्याउने क्रममा १२ हजार भोल्टको पोलबाट करेन्ट लागेर कामदार कुुशवाहाको घटनास्थलमै मृत्युु भएको इलाका प्रहरी कार्यालय गंगा पिपराका प्रहरी नायब निरीक्षक रामानन्द चौधरीले बताए ।

आज अपराह्न करिब ३ बजे भएको सो घटनापछि प्राधिकरणका अन्य कर्मचारी घटनास्थलबाट फरार भएको तथा घटनाबारे अनुुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै