सिद्धार्थ मल्होत्रासँग ब्रेकअप पछि आलिया भट्ट पूर्वप्रेमी अलिसँग नजिकिदै 

खरीबोट

अभिनेत्री आलिया भट्ट र अलि डाडरकर

मुम्बई । बलिवुड अभिनेत्री आलिया भट्ट अभिनेता सिद्धार्थ मलहोत्रासँगको ब्रेकअप पछि आफ्ना पूर्वप्रेमी अली डाडरकरसँग निजीक देखिएकी छन् । 

अहिले आलिया पूर्वप्रेमी अलिसँग सार्वजनिक ठाउमा देखिन थालेपछि सिद्धार्थसँगको ब्रेकअप थप पुष्टि भएको छ । आलिया र सिद्धार्थको ब्रेकअप पछि निर्माता निर्देशक करण जोहरले हस्तक्षेप गरेको भन्ने खबर निराधार रहेको पुष्टि भएको छ ।

आलिया र अलि स्कुल पढ्दाका साथी रहेको र उनीहरु आलिया फिल्ममा आउनु अघिसम्म प्रेम सम्बन्धमा रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । हालै आलिया आफ्नी स्कुले साथीको विवाहमा आफ्ना पूर्वप्रेमी अलिसँग सार्वजनिक रुपमा तस्विर खिचाउदै देखिए पछि उनीहरुबीच फेरी रोमान्स सुरु भएको चर्चा चलेको छ । अलिसंगको आफ्नो तस्विर आलियाले सामाजिक सञ्जालमा पनि पोष्ट गरेकी थिइन् ।

पछिल्लो समय आलिया र अलि आफ्ना साथीहरुसँग मुम्बईमा एक रेस्टुरेन्ट बाहिर भेटिए पछि दुवै फेरी प्रेम सम्बन्धमा फर्किएको अनुमान बलिवुडमा सबैले गरेका छन् ।

आलियाको यस बर्ष राजी, गली ब्याय र ब्रम्हास्त्र गरी तीन फिल्ममा व्यस्त हुदै छिन भने अहिले रनबीर कपुर र अमिताभ बच्चनसँग इजरायलमा ब्रम्हास्त्रको सुटिंग सुरु गर्ने तयारीमा रहेकी छन् । 
  
 

सम्बन्धित समाचार

आलियाले दिएका हरेक कुरालाई म लिन चाहन्छु – रणवीर कपुर 

मुम्बई । बलिउड अभिनेता रणवीर कपुरले आफू अभिनेत्री आलिया भट्टसँग प्रेम सम्बन्ध रहेको प्रष्ट पारेका छन् ।  दुवैको प्रेम प्रसंगले चर्चा पाइरहेका बेला रणवीरले आफ्नो आलियासँगको सम्बन्ध बारे प्रष्ट अभिव्यक्ति दिएका

आलिया भट्टको ‘राजी’ सय करोड क्लबमा

मुम्बई । बलिवुड अभिनेत्री आलिया भट्टको फिल्म 'राजी' सय करोड क्लबमा प्रवेश गरेको छ ।  राजीले भारतीय बक्स अफिसमा फिल्म रिलिजको तेस्रो सातामा १०२.५ करोडको व्यापार गरेको हो । बलिवुड फिल्म विश्लेषक

आलियाको 'राजी' सुपरहिट, ६ दिनमा कमायो ५१ करोड 

मुम्बई । बलिवुड अभिनेत्री आलिया भट्टको नयाँ फिल्म राजीले भारतीय बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको छ । फिल्मले रिलिजको ६ दिनमा ५१ करोडको ब्यापार गरेको छ ।  फिल्मले पहिलो दिन केबल साढे

आलिया अभिनित ‘राजी’ को बक्स अफिसमा चल्यो जादु 

मुम्बई । बलिवुड अभिनेत्री आलिया भट्टको नयाँ फिल्म राजीले भारतीय बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको छ । फिल्मले रिलिजको तीन दिनमा ३१ करोडको व्यापार गरेको छ ।  फिल्मले पहिलो दिन केबल