देश र जनताको हितमा रहेर काम अघि बढाउनुस्– प्रधानमन्त्री देउवा

खरीबोट

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक र जनताको हितमा रहेर अघि बढ्न प्रबुद्ध व्यक्तिहरूको समूहलाई निर्देशन दिएका छन् । 

नेपाल–भारतबीचको समग्र सन्धि, सम्झौता र सहमति पुनवरालोकन गर्न गठित उक्त समूहका नेपाली सदस्यहरूसँग आज भएको भेटमा उनले भने, ‘देश र जनताको हितमा तपाइँहरूले अघि बढाउने काममा हाम्रो सहयोग र साथ रहनेछ ।’ 

नेपाल–भारत प्रबुद्ध व्यक्तिहरूको समूहको छैटौँ बैठक आगामी बिहीबार भारतको नयाँदिल्लीमा हुन लागेको सन्दर्भमा प्रधानमन्त्री देउवासँग समूहले मुलुकको प्राथमिकता र हालसम्म भएको प्रगतिका बारेमा परामर्श गरी सुझाव लिएको हो । 

बैठकको तयारीका लागि यसअघि उक्त समूहले नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली र नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटघाट गरी राय सुझाव लिइसकेको छ । 

राजनीतिक तहमा गर्नुपर्ने विषय हामी अघि बढाउछौँ 

‘राजनीतिक नेतृत्वबाट समूहले जुन ढंगबाट काम अघि बढाएको छ, त्यो राम्रो र सराहनीय काम भएको छ, यसलाई निरन्तरता दिनुस्, निचोडमा पुर्याउन राजनीतिक तहमा के गर्नुपर्दछ त्यो हामी अघि बढाउँछौँ’– भेटघाटमा राजनीतिक नेतृत्वबाट दिएको निर्देशन उधृत गर्दै समूहका सदस्य डा राजन भट्टराईले भने । 

समूहमा खासगरी सन् १९५० को शान्ति तथा मैत्री सन्धि र त्यसभित्रका केही खास बुँदा, सीमा र दशगजा व्यवस्थापन, व्यापार प्रवद्र्धन, पारवहानजस्ता विषयमा गहन ढंगबाट छलफल हुँदै आएको छ । 

‘सन् १९५० को सन्धि हाम्रो बीचमा धेरै लामो समयदेखि विवादमा रहेको सन्धि हो, त्यसका केही बुँदाहरू असाध्यै असान्दर्भिक भएका छन्, यो सन्धिको समग्र पक्षलाई कसरी निचोडमा पुर्याउने अहिलेको मुख्य चुनौती हो’– सदस्य डा. भट्टराईले भने । 

सन्धिलाई प्रतिस्थापन गर्ने वा सन्धि नै चाहिँदैन भन्ने अथवा संशोधन गर्ने भन्ने विषय भएकाले राष्ट्रिय तहमै नेताहरूबीच छलफल गरी यसरी अघि बढनुस् भनेर सुझाव प्राप्त होस् भन्ने अपेक्षा राखेर समूहले नेताहरूसँग भेटघाट गरेको उनले बताए । 

हाम्रो सुरक्षा व्यवस्थातर्फ कुनै कुरा अघि बढेन 

सीमा व्यवस्थापन जे जस्तो अवस्थामा छ, त्यो अवस्थामा रहन सक्ने अवस्था छैन, भारतीय पक्षबाट पनि परिवर्तन भइरहेको अवस्था छ, उता सुरक्षा व्यवस्था कडा हुँदै आइरहेको अवस्था छ, हाम्रोतर्फ कुनै कुरा अघि बढेको छैन, त्यसको व्यवस्थापन गर्नुपर्छ– सदस्य डा. भट्टराईले भने । 

सीमा रेखाङ्कन, सीमास्तम्भलाई वैज्ञानिक ढंगबाट व्यवस्थित तुल्याएर अन्तर्राष्ट्रिय सीमाको रुपमा विकसित गर्न जरुरी रहेको बताउँदै उहाँले दशगजा क्षेत्रमा दुवैतर्फबाट मिचिरहेको अवस्था अन्त्य गर्ने तथा सुस्ता र कालापानीजस्ता गहन विषय सहमतिमा टुङ्ग्याउने विषयमा पनि घनिभूतरुपमा सौहार्दपूर्ण तबरले छलफल भइरहेको उल्लेख गरे । दुई वर्ष कार्यकाल रहेको उक्त समूहको अब तीनवटा बैठक बाँकी छ । 

एक्काइसौँ शताब्दीमा नेपाल र भारतबीचको जलस्रोत, बहुपक्षीय व्यापार, पारवहन, सामाजिक र सांस्कृतिक सम्बन्धको आधार यसरी लैजाने भन्ने विषयमा आगामी बैठकपछि प्रतिवेदन लेखनको तयारीमा पुग्ने सम्भावना रहेको बताउँदै सदस्य भट्टराईले हालसम्म उठेको समग्र विषयलाई सम्बोधन गरेर लैजान भारतीय पक्ष सकारात्मक रहेको जानकारी दिए । 

आवतजावतमा स्थानीय जनतालाई असर नपर्ने गरी सीमा व्यवस्थित गर्नुपर्छ भन्ने कुरामा नेपाल र भारतबीच एक किसिमको सहमति रहेको पनि उनले बताए । 

सीमा क्षेत्रमा हुने अपराधिक क्रियाकलाप र नक्कली नोटको कारोबारको नियन्त्रण गर्नेजस्ता विषयमा दुवै मुलुक मिलेर काम गर्नुपर्छ भन्ने कुरा पनि समूहमा छलफलको विषय बन्दै आएको छ । प्रबुद्ध समूहमा सूर्यनाथ उपाध्याय, निलाम्बर आचार्य, भेषबहादुर थापा र डा. भट्टराई रहेका छन् । 
 

सम्बन्धित समाचार

छिमेकीबीचको सम्बन्ध सुमधुर हुनुपर्छ – प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क भित्र देखिएका असहमतिलाई अन्त्य गरी छिमेकीबीच सुमधुर सम्बन्ध बनाउनुपर्नेमा जोड दिएका छन् ।  संघीय संसद् सचिवालयले आज आयोजना गरेको

गोर्खाहरुले ब्यहोरेको क्षतिको यथोचित सम्बोधन हुनुपर्छ :प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिटिश सेनाबाट सेवानिवृत्त भएका भूतपूर्व गोर्खा सैनिकहरुको माग सम्बोधनका लागि नेपाल सरकारले ब्रिटिस सरकारसँग ठोस पहल र वार्ता गर्ने बताएका छन् ।  गोर्खा भूतपूर्व सैनिक

प्रधानमन्त्री ओलीले अधिनायकवाद शुरु गरे : सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा अधिनायकवादी शासन व्यवस्थाको शुरुवात हुनलागेको बताएका छन् ।  नेपाली काँग्रेस काठमाडौँ जिल्ला कार्यसमितिले नयाँ वर्षका अवसरमा आयोजना गरेको जिल्ला भेलालाई

प्रधानमन्त्री ओली र प्रचण्डको म्याराथुन छलफल : ५०-५० प्रतिशत र जनयुद्ध एमालेले नमान्ने   

काठमाडौँ ।  पार्टी एकताकाबारे मिल्न बाँकी विषयमा नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्बीच शुक्रबार पनि गम्भीर छलफल भएको छ ।  गत