• २०८१ बैशाख ८ शनिबार

भारतको १४औ राष्ट्रपतिको रुपमा रामनाथ कोविंदद्वारा शपथग्रहण

kharibot

छिमेकी मुलुक भारतको १४औ राष्ट्रपतिको रुपमा रामनाथ कोविंदले आज शपथग्रहण गरेका छन् ।

भारतको संसद भवनको सेन्ट्रल हलमा आयोजित शपथग्रहण कार्यक्रममा भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीशले नवनिर्वाचित राष्ट्रपतिलाई शपथ गराएका छन् ।

शपथ ग्रहणपछि सम्बोधन गर्दै राष्ट्रपति कोविंदले आफु माटोले बनेको घरबाट राष्ट्रपतिको पदसम्म आएको बताउदै आफु भन्दा अगाडिका महान राष्ट्रपतिहरुको मार्गदिशामा हिड्ने बाटोमा आफु पनि आएको बताए । अबको भारतको विकास डिजिटल भारत नै भएको भन्दै उनले देश विकासमा सबै जनताको सहभागिता हुनुपर्ने बताए । हामीलाई छिटो विकास हुने अर्थव्यवस्था र शिक्षित समाज निर्माण गर्नुपर्ने बताउदै यहि महात्मा गान्धीको पनि चाहना रहेको बताए ।

सत्तारुढ दल विजेपी गठबन्धनका उम्मेदवार बनेका रामनाथ कोविंद विजयी भएका थिए । जुलाई १७ मा भएको निर्वानमा कोविंदले कांग्रेस आइ गठबन्धनकी उम्मेदवार मिरा कुमारलाई पराजित गर्दै राष्ट्रपति भएका हुन् ।

निर्वाचनमा कोविन्दले ७ लाख २ हजार ४४ अर्थात ६५.३५ प्रतिशत मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी उम्मेदवार मिरा कुमारले ३ लाख ६७ हजार ३१४ अर्थात ३४.३५ प्रतिशत मत पाएकी थिइन् । कोविंदको पक्षमा ५५२ संसदले मतदान गरेका थिए भने मिरा कुमारको पक्षमा २२५ संसदले मतदान गरेका थिए ।

को हुन् रामनाथ कोविंद ?

सन् १९४५ मा भारतको उत्तर प्रदेशमा जन्मिएका कोविंदले बीकम र एलएलबिसम्मको अध्ययन गरेका छन् । सन् १९७७ देखि १९७९ सम्म दिल्ली हाइकोर्टमा सरकारी वकिल रहेका कोविंद १९८० देखि १९९३ सम्म केन्द्र सरकारको स्ट्यान्डिङ काउन्सिलमा थिए ।

दिल्ली हाइकोर्ट र सुप्रिम कोर्टमा १६ बर्ष प्राक्टिस गरेका कोविंद सन् १९७१ मा दिल्ली बार काउन्सिलमा पुगेका थिए । सन् १९९४ मा उत्तर प्रदेशबाट राज्य सभा सांसद बनेका कोविंद कैयौ संसदीय समितिमा बसेर काम गरेका छन् ।

कोविंद वकिल हुँदा गरिब दलितहरुको मुद्धा निशुल्क लादेने वकिलको रुपमा आफ्नो परिचय बनाएका थिए । १२ बर्षसम्म सांसद रहेका उनीले शिक्षासम्बन्धि मुद्धा उठाएका थिए ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै