गंगासागर मेलामा निःशुल्क गाँस, बास र स्वास्थ्य

खरीबोट

काठमाडौँ । माघे सङ्क्रान्तिका अवसरमा बुधबारदेखि लाग्ने गंगासागर मेलामा नेपालीका लागि निःशुल्क खाने, बस्ने र स्वास्थ्य शिविर आयोजना गरिने भएको छ । 

भारतको कोलकातामा बसोबास गर्ने नेपालीले संयुक्त नेपाली केन्द्रीय सेवा संघ गठन गरेर मेलामा भाषा, हराउनेलगायत समंस्यामा पर्ने नेपालीका लागि सहयोग गर्दै आएको संघका सल्लाहकार गणेश प्रधानले जानकारी दिए । 

उत्तरायण शुरु हुने माघे संक्रान्तिका दिन गंगा र सागरको दोभानमा स्नान गरी कपिलमुनिको आश्रममा पूजा गर्ने प्राचीन परम्परा छ । यसो गरेमा पाप पखालिई पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । मेलामा सहभागी हुन पुस र माघमा लाखौँ नेपालीले भारतका तीर्थको यात्रा गर्छन् । तीर्थयात्रीलाई सेवा दिन बाबुघाटमा शिविर आयोजना गरिने छ । 

शिविर आगामी माघ ४ गतेसम्म सञ्चालन हुनेछ । शिविरका लागि नेपाली महावाणिज्य दूतावास, कालकाताले पनि सहयोग गर्ने सल्लाहकार प्रधानले जानकारी दिए । 

सम्बन्धित समाचार

कोलकातामा भानुभक्तको शालिक निर्माण हुने

२०४ अाैं भानुजयन्ती नेपाली जनकल्याण समिति, कोलकाता, भारतले विविध सांस्कृतिक कार्यक्रमसहित मनाएको छ । कोलकातामा रहेको नेपाली समुदायले नेपाली भाषा र जातीय एकताका प्रतीक भानुभक्त आचार्यको जन्मजयन्ती १७ वर्षदेखि मनाउँदै