• २०८१ बैशाख १२ बुधबार

पानामा पेपर्स मामिलामा अमिताभ बच्चनमाथि छानविन हुँदै  

kharibot

नयाँ दिल्ली । चर्चित पानामा पेपर्स खुलासाको सुचिमा परेका भारतीय महानायक अमिताभ बच्चनलाई भारतीय जाँच एजेन्सीले छानविन गर्ने भएका छन्  ।  

भारतीय आयकर विभागले सुपरस्टार बच्चनको पानामा पेपर्सको खुलासमा नाम आएपछि जाँच टोली भर्जिन आइल्याण्ड पठाउने तयारी गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।  

तर अमिताभ बच्चनले भने आफुले विदेशमा गरेको कारोबार सबै भारतीय कानुन अनुसार नै गरेको भन्दै करछलीको अस्विकार गरेका छन् । 

पानामा पेपर्सले सन् १९९७ देखि २०१५ सम्म संसार भरिका प्रतिष्ठित व्यक्तिहरुले आफ्नो देशमा कर छलीगर्न करछुट भएका देशमा गरेको लगानीको पर्दाफास गरेको थियो ।  जसमा

भारतीय फिल्म उद्योगका कैयौं अभिनेता र निर्माताहरुको नाम पनि रहेको थियो ।  पानामा पेपर्सको खुलासापछि पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले केहि हप्ता अघि मात्र आफ्नो पद गुमाएका छन् ।  पनामा पेपर्स खुलासाको सुचिमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन देखि कैयौ अन्य राजनीतिज्ञ, व्यापारी, कलाकारहरुको नाम सामेल थियो ।  

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै