• २०८१ बैशाख ८ शनिबार

डिएगो कोष्टाले भने- मलाई चेल्सीमा अपराधीलाई जस्तो व्यबहार भयो

kharibot

चेल्सीका फरवार्ड डिएगो कोष्टा

काठमाडौँ । चेल्सीका स्पेनिस फरवार्ड डिएगो कोष्टाले आफुलाई चेल्सीमा अपराधीलाई जस्तो व्यबहार भएको बताएका छन् ।

यस सिजनमा चेल्सीको टिममा म्यानेजर एन्टोनी कोंटेको प्राथमिकतामा नपरेपछि कोष्टा अहिले चेल्सीबाट बाहिरिने प्रक्रियामा रहेका छन्  ।

डेलीमेलसँगको कुराकानीमा कोष्टाले म्यानेजर कोंटेले एसएमएस गर्दै आफुलाई चेल्सीको प्राथमिकतामा नरहेको जानकारी दिदै चेल्सीले अन्य क्लबमा जानबाट पनि आफुलाई रोकेको आरोप लगाएका छन् ।

गत सिजनमा चेल्सीलाई प्रिमियर लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका निभाउदै २० गोल गरेका कोष्टा स्पेनको एथलेटिको म्याड्रिड जाने तयारीमा भएपनि चेल्सीले आगामी जनवरीको ट्रान्सफर विन्डोसम्म कोष्टालाई रिलिज नगर्ने संकेत दिएपछि उनले यस्तो आरोप लगाएका हुन् ।

चेल्सीले नयाँ सिजनको पहिलो खेलमा हार बेहोरिरादा कोष्टाले घरमा बसेर खेल हेरेका थिए । २८ बर्षीय फरवार्डले आफुले अहिले व्यक्तिगत ट्रेनरसँग दैनिक ट्रेनिंग गरिरहेको बताएका छन् । चेल्सीले अहिले कोष्टाको ठाउमा रियल म्याड्रिडबाट अल्भारो मोराटालाई ल्याएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै