• २०८१ बैशाख ८ शनिबार

ब्राजिलबाट बार्सिलोनामा खेल्ने फिलिप कोन्टिन्हो ३३औ खेलाडी, अहिलेसम्म को को खेले ?

kharibot

काठमाडौँ । ब्राजिलका प्लेमकर फिलिप कोन्टिन्होले सफल रुपमा बार्सिलोनाको यात्रा तय गरेका छन् । यससँगै कोन्टिन्हो ब्राजिलबाट बार्सिलोनामा खेल्ने ३३औ खेलाडी बनेका छन् ।

यस अघि ब्राजिलबाट रोनाल्डो, रिभाल्दो, रोमारीयो, रोनाल्डिन्हो, फाबियो, नेइमार जस्ता चर्चित ब्राजिलियन खेलाडी बार्सिलोनाबाट खेलिसकेका छन् ।   

अहिले पनि कोन्टिन्होसहित ५ ब्राजिलियन खेलाडी बार्सिलोनाबाट खेली रहेका छन् । जसमा राफिन्हा, डगलस, मार्लोन र पाउलिन्हो र कोन्टिन्हो रहेका छन् । 

सन् १९३१ मा ब्राजिलियन खेलाडी फाउस्टो डस सन्तोसले सुरु गरेको बार्सिलोनाको यात्रा पछिल्लो समय कोन्टिन्होसम्म आएको छ । १४५ मिलियन पाउण्डमा लिभरपुलबाट आएका

कोन्टिन्होले खेलाडीको ट्रान्सफर बजारमा द्सोरो महँगो खेलाडी बन्दै बार्सिलोना आएका छन् भने कुनै पनि इङलिश क्लबबाट आउने उनि विश्वको सबै भन्दा महँगो खेलाडी बनेका छन् । यस अघि ब्राजिल को नेइमार बार्सिलोना छोडेर पिएसजी जाँदा १९८ मिलियन पाउण्डको रेकर्ड ट्रान्सफर भएको थियो ।

अहिलेसम्म ब्राजिलबाट बार्सिलोनामा खेलेका खेलाडीहरु : 

यस अघि बार्सिलोनाबाट खेल्ने ब्राजिलियन खेलाडीमा नेइमार २०१३ देखि २०१७ सम्म, एड्रीयानो २०१० देखि २०१६ सम्म, म्याक्सवेल २००९ देखि २०१२ सम्म, डानी अल्भेज २००८ देखि २०१६ सम्म, केइरीसन २००९, हेनरिक २००८ देखि २०१२ सम्म, एडमिल्सन २००४ देखि २००८ सम्म, सिल्भिन्हो २००४ देखि २००९ सम्म, जुलियानो बेलेट्टी २००४ देखि २००७ सम्म, रोनाल्डिन्हो २००३ देखि २००८ सम्म, जिओभानी २००२ देखि २००३ सम्म, फाबियो २००१ देखि २००३ सम्म, थिएगो मोटा २००१ देखि २००७ सम्म, रिभाल्डो १९९७ देखि २००२ सम्म, सनी एन्डरसन १९९७ देखि १९९९ सम्म, रोनाल्डो १९९६ देखि १९९७ सम्म, जियोभानी १९९६ देखि १९९९ सम्म, रोमारियो १९९३ देखि १९९५ सम्म, अलोइसियो पिरेज १९८८ देखि १९९० सम्म, सेलो १९८२, रोबर्ट डिनामाइट १९८०, बिओ  १९७७ देखि १९७९ सम्म, मरिन्हो पेरेज १९७४ देखि १९७६ सम्म, वाल्टर मचान्डो १९६६ देखि १९६७ सम्म, एभारिस्टो डे मचेन्डो १९५७ देखि १९६२ सम्म, लुसिडियो बाटीस्टा १९४७ देखि १९४९ सम्म, जगुरे १९३१ देखि १९३२ सम्म त्यस्तै फाउस्टो डस सन्तोस १९३१ देखि १९३२ सम्म    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै