• २०८१ बैशाख ८ शनिबार

 एकता प्रक्रियाबारे छलफल

kharibot

फाइल फोटो ।

काठमाडौँ । नेकपा एमाले सँगको पार्टी एकताको विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले आज अनौपचारिक छलफल गरेका छन् । 

यही पुस १८ गते बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले पार्टी एकताको सम्पूर्ण निर्णय गर्ने जिम्मा अध्यक्ष दाहाललाई दिएको सन्दर्भमा आज नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापालगायतसँग छलफल गरेका हुन् । 

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले अध्यक्षले एकताको खाका, सांगठनिक विषय र अन्य प्राविधिक विषय मिलाउन अध्यक्ष र वरिष्ठ नेताले छलफल गरेको जानकारी दिइन् । 

एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिमा माओवादीका तर्फबाट अध्यक्ष दाहाल, नेता श्रेष्ठ र थापा सदस्य छन् । केन्द्रीय कार्यालयको बैठकले एकतासम्बन्धी निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई दिएको सन्र्दभमा विभिन्न कोणबाट अनौपचारिक छलफल भएको प्रवक्ता भुसालले जानकारी दिइन् । 

मंगलबार एमाले र माओवादी केन्द्रका शीर्ष नेता सम्मिलित एकता संयोजन समितिको बैठक बस्ने कार्यक्रम रहेको छ । बैठकमा वैचारिक विषयमा एकरुपता र सांगठनिक एकताको गृहकार्य गर्न कार्यदल गठन गर्ने कार्यसूची रहेको छ । कार्यदलले दिएको प्रतिवेदनका आधारमा एकता प्रक्रिया अघि बढ्ने दुई पार्टीका शीर्ष नेताबीच सहमति भएको छ । 

एकता प्रक्रियालाई गति दिने सम्बन्धमा आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच छलफल भएको थियो । सोही छलफलका आधारमा आज दुवै पार्टीले आन्तरिक छलफल गर्ने र मंगलबार एकता संयोजन समितिको बैठक बस्ने सहमति भएको छ । 

पार्टी एकतालगायत विषयमा एमाले स्थायी कमिटीको बैठक अध्यक्ष ओली निवास बालकोटमा जारी छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै