पुस २७ गते राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा

खरीबोट

काठमाडौँ । सरकारले राष्ट्रिय एकता दिवसका अवसरमा यही पुस २७ गते नेपाल राज्यभरका सबै सरकारी कार्यालय एवं विदेशस्थित नेपाली नियोगसमेतमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले आफ्नो बेवसाइटमार्फत यही पुस १४ गते जारी गरेको सार्वजनिक बिदासम्बन्धी सूचनामा सो कुरा जनाइएको छ । सो दिन राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिन पर्छ । विसं २०६२ सम्म सो दिन सार्वजनिक बिदा दिने गरिए पनि विसं २०६३ देखि अघिल्लो सालसम्म सो बिदा कटौती गरिएको थियो । 

सम्बन्धित समाचार

पृथ्वीनारायण शाहलाई हेर्ने सरकारी दृष्टि यसपटक बदलियो

काठमाडौं । ‘नयाँ नेपाल’ बनाउने अभिलाषा र मोहमा विगत एक दशकयता ‘नेपाल’ शब्द र आजको भूगोल विश्वमानचित्रमा कोरिदिएर विभिन्न बाईसे÷चौबीसे राज्यमा बसोबास गर्ने जनतालाई एउटै नेपाली साइनो उपहार दिने एकीकरण

पृथ्वीनारायण शाहपछि मेरै नेतृत्वमा ठूलो आन्दोलन र बलिदानी भयो : प्रचण्ड 

काठमाडौं / माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उर्फ प्रचण्डले निर्वाचनबाट प्राप्त जनमतको पार्टी र नेताहरुले सम्मान गर्दै जिम्मेवार बन्नुपर्ने बताएका छन् । बिहीबार देशभक्त गणतान्त्रिक मञ्चद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले आफूहरुलाई