युवा बेरोजगार भत्ता माग्दै नेवि संघद्वारा ७२ घण्टे 'अल्टिमेटम'सहित आन्दोलन घोषणा
खरीबोट
२०७४ पौष २४ सोमबार
प्रधानमन्त्री शेरबहादुर देउवाको दल नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघले विद्यार्थीका लागि निःशुल्क स्वस्थ्य बीमासँगै युवा बेरोजगार भत्ताको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । युवा बेरोजगार भत्तासहित स्वास्थ्य बीमालगायत आठबुँदे मागपत्र प्रधानमन्त्रीसमक्ष बुझाउँदै नेवि संघले सरकारलाई आफ्नो माग ७२ घण्टाभित्र पूरा गर्न अल्टिमेटम दिएको हो ।
माग पूरा नभए कडा आन्दोलनमा उत्रिने नेवि संघ अध्यक्ष नैनसिंह महरले जानकारी दिए । नेवि संघ केन्द्रीय समितिद्वारा लिखित ज्ञापन पत्र संघका केन्द्रीय अध्यक्ष लगायत पदाधिकारी, सदस्यहरुको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटार पुगी बुझाएको हो । विद्यार्थीहरुको हकहितका पक्षमा लामो समयदेखि सरकारसँग माग राख्दै आए पनि आजसम्म पनि पूरा नभएको बताउँदै नेवि संघले आन्दोलनमा उत्रिने निर्णय गरेको संघका अध्यक्ष नैंनसिंह महरले बताए ।
यस्ता छन् मागहरु
क. नेपालको संविधान २०७२ भाग ३ को धारा ३५ ले व्यवस्था गरेको स्वास्थ्य सम्वन्धि मौलिक हक अन्र्तगत रहने गरि सवै नियमित विद्यार्थीहरुलाई निशुल्क स्वास्थ्य विमा अविलम्व कार्यान्वयन गर्न ।
ख. नेपालको संविधान २०७२ भाग ३ को धारा ३३ ले व्यवस्था गरे अनुरुप सवै नागरिकलाई रोजगारको ग्यारेन्टी गर्नुपर्ने र युवा वेरोजगार जनशक्तिलाई वेराजगार भक्ताको व्यवस्था गर्ने ।
ग. प्रावधिक उच्च शिक्षाको ग्यारेन्टी गर्न ७ वटै प्रदेश मा एक÷एक मेडिकल कलेज, इन्जिनियङ्ग कलेज र कृषि क्याम्पस तत्काल स्थपना गर्न र सवै स्थायिन तहमा एक प्राविधिक शिक्षालय स्थापना गर्नुपर्ने ।
घ. उच्च शिक्षामा सवैको पहुँच पुर्याउन सर्टिपिकेट धितोराखेर (अध्ययन ऋण ) लोन लिने व्यवस्था गर्नुपर्ने ।