• २०८१ बैशाख १३ बिहीबार

बारा प्रहरीको मोटरसाईकल खोजी अभियान : सवारी धनी पहिचान गरी जिम्मा लगाउँन प्रदर्शनी

kharibot

बारा । बारामा पछिल्लो समय हुँने मोटरसाईकल चोरी नियन्त्रण गर्न र हराएका मोटरसाईकल खोजी गर्न प्रहरीले ‘प्रहरी हाम्रो टोलमा’ नामक अभियान नैं सञ्चालन गरी विभिन्न समयमा ९२ थान मोटरसाईकल बरामद गरेको छ ।  

बरामद गरिएको सो मोटरसाईकल बास्तविक सवारी धनीको जिम्मा लगाउँने अभियानसुरु गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कलैया बाराको कार्यालय परिसर मैं प्रहरीले मोटरसाईकल सवारी धनी पहिचान गरी जिम्मा लगाउँन प्रदर्शनी नैं गरेको छ । बरामद गरिएका सो मोटरसाईकल प्रदर्शनीमा विभिन्न कम्पनी र सिसिका नयाँ पुरानो गरी ९२ थान मोटरसाईकल बुझ्नका लागी सम्बन्धीत धनीलाई कागज पत्र सहिँत कार्यालयमा सम्पर्क गर्न आहवान गरेको छ ।

केही समय यता प्रहरीमा मोटरसाईकल हराएकोमा परेको उजुरी र बिमा संस्थानमा परेको उजुरीको अनुसन्धान गरी फेला परेको मोटरसाईकल सम्बन्धित व्यक्तिको मोटरसाईकल जिम्मा लगाउँन सुरु गरिएको बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजकुमार वैदवारले जानकारी दिए ।

प्रदर्शनीका क्रममा बाराका प्रमुख जिल्ला अधिकारी बिजय नारायण मानन्धरले सडकमा गुडने बिना प्रमाणका सवारी साधनको कडाईका लागी र मोटरसाईकल हराउँने समस्याको निराकरणको लागी यो अभियान सञ्चालन गरिएको बताए ।

सो अभियानका क्रममा ९२ थान मोटरसाईकल मध्ये केही बिना प्रमाणका भारतीय नम्बर प्लेटका मोटरसाईकल समेत रहेको प्रमुख वैदवारले बताएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै