• २०८१ बैशाख ७ शुक्रबार

बाजुराका स्वास्थ्य संस्थामा औषधि अभाव

kharibot

बाजुरा । स्थानीय तहमा हस्तान्तरण भएपछि बाजुराका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । 

नेपाल सरकारले तोकेका ८० प्रकारका निःशुल्क औषधि स्थानीय तहले खरिद गर्न नसेकेका कारण स्वास्थ्य संस्थामा औषधिको अभाव भएको हो । का प्रमुखले गुनासो गर्न थालेका छन् । 

स्थानीय तह नगरपालिका तथा गाउँपालिका ले औषधि खरिद गर्नका लागि आवश्यक रकम उपलब्ध गराउन नसक्दा औषधि अभाव भएको स्वास्थ्य संस्थाले जनाएको छ । अहिले ती संस्थामा सिटामोलसमेत पाउन छाडिएको जनाएको छ । 

‘स्थानीय तहमा हस्तान्तरण हुनुभन्दा अघि औषधि समयमै आउने गरेको थियो, काम गर्न सहजता थियो, अहिले अन्योल भएको छ’ बूढीगंगा स्वास्थ्य चौकीका प्रमुख ललिता रोकायाले जानकारी दिए । 

स्वास्थ्य मन्त्रालयको निर्देशनमा बाजुरा जिल्लाका सबै स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण भइसकेका छन् । 

स्थानीय तहमा हस्तान्तरण भइसकेपछि सम्बन्धित नगरपालिका र गाउँपालिकाले यसको जिम्मेवारी लिनुपर्छ, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा.रुपचन्द्र विश्वकर्माले बताए – ‘जिल्ला जनस्वास्थ्य कार्यालय र स्थानीय तहको जिम्मेवारी सम्बन्धमा सरकारले प्रष्ट पारिदिएमा स्वास्थ्यकर्मीलाई काम गर्न सजिलो हुन्छ ।’ 

जिल्लामा चार नगरपालिका र पाँच गाउँपालिका गरी नौ वटा स्थानीय तह छन् । जिल्लामा जनस्वास्थ्य कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्र र २६ स्वास्थ्य संस्था छन् । यी स्वास्थ्य संस्थाको पहुँचभन्दा बाहिर रहेका गाउँमा सामुदायिक स्वास्थ्य एकाइ केन्द्रसमेत स्थापना भएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै