• २०८१ बैशाख ८ शनिबार

राति काम गर्ने महिलालाई छाला र स्तन क्यान्सरको खतरा बढी : अध्ययन 

kharibot

तस्बिर : GETTY IMAGES

एसिया । राति काम गर्ने महिलालाई छाला र स्तन क्यान्सरको जोखिम बढी हुने एक नयाँ अध्ययनले देखाएको छ ।

यसमा सबैभन्दा बढी खतरा नर्सहरुलाई हुने पनि अध्ययनमा बताइएको छ । अध्ययनकर्ताहरुका अनुसार यसमा पनि लामो समय काम गर्ने महिलामा यस्तो खतरा बढी हुन्छ । 

अध्येताहरुले स्तन क्यान्सर मात्र नभई पेटको क्यान्सर समेत हुनेतर्फ औँल्याएका छन् । यो खतरा नर्सहरुमा बढी हुने पनि उल्लेख गरिएको छ । दिनमा काम गर्ने नर्समा भन्दा रातमा काम गर्ने नर्सलाई ५८ प्रतिशत स्तन क्यान्सरको उच्च जोखिम हुने बताइएको छ । राति काम गर्ने नर्समा फोक्सोको समेत क्यान्सर हुने खतरा हुन्छ । 

यो अध्ययन चीनको सिचुवान विश्वविद्यालयमा गरिएको थियो । झण्डै ४० लाख मानिसहरु जो युरोप, अमेरिका, अष्ट्रेलिया र एसियाका थिए, उनीहरुबाट फरक फरक ६१ केसहरुबाट तथ्यांक संकलन गरी विश्लेषण गरिएको थियो । 

राति काम गर्ने महिलामा सामान्यतया क्यान्सरको जोखिम कति हुन्छ भनेर यस्तो अध्ययन गरिएको थियो । 

  • मिरर युकेबाट अनुदित । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै