• २०८१ बैशाख १४ शुक्रबार

अन्तिम खेलमा जित हासिल गर्दै अस्ट्रेलियाद्वारा एसेज सिरिज ४-० ले कब्जा 

kharibot

काठमाडौँ  । एसेज सिरिज अन्तर्गत पाँचौ टेस्टमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई एक इनिङ्स र १ सय २३ रनले पराजित गरेको छ । 

यस जितसँगै अस्ट्रेलियाले सिरिज ४-० ले जितेको छ । ५ टेस्टको सिरिजमा चौथो टेस्ट ड्र भएको थियो । टेस्टको अन्तिम दिन इंग्ल्याण्ड १ सय ८० रनमा अलआउट भयो ।

कप्तान जो रुट बिमारीका कारण लन्चपछि ब्याटिङ गर्न नसक्दा इंग्ल्याण्ड समस्यामा परेको थियो । टोलीका लागि जोनी बेरस्टोले ३८ तथा टम करानले अविजित २३ रन जोडे ।

अस्ट्रेलियाका लागि प्याट कमिन्सले ४, नाथन लायनले ३ तथा मिचेल स्टार्क र जोश हेजलवुडले १-१ विकेट लिए ।

अस्ट्रेलियाका लागि पहिलो इनिंगमा दाजुभाई शन मार्श र मिचेल मार्शले शतक हानेका थिए । शन मार्शले १५६ रन बनाए बहने मिचेल मार्शले १०१ रन बनाएका थिए ।

कुल ८ विकेट लिएका कमिन्स म्यान अफ द म्याच भए भने अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथ प्लेयर अफ द सिरिज भएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै