काठमाडौँ । म्यान्चेस्टर युनाइटेडले नयाँ सिजनमा विजयी सुरुवात गरेको छ ।
आइतबार राति बह्येको खेलमा म्यान्चेस्टर युनाइटेडले वेस्टह्याम युनाईटेडलाई ४-० ले पराजित गरेको हो ।
म्यान्चेस्टर युनाइटेडको जितमा लुकाकुले दुई गोल गरे भने एन्टोनी मार्सियल र पाउल पोग्वाले एक एक गोल गरेका थिए ।
लुकाकुले खेलको ३३औ मिनेट र ५२औ मिनेटमा गोल गरेका थिए भने खेलको ८७औ मिनेटमा मार्सियलले र ९०औ मिनेटमा पोग्वाले गोल गरेका थिए ।