काठमाडौँ । स्पेनिश ला लिगा अन्तर्गत बार्सिलोनाले सहज जित हासिल गरेको छ ।
गएराती भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई ३-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा लियोनेल मेसी, लुइस स्वरेज र पउलिन्होले एक एक गोल अग्रेका थिए ।
खेलको १२औ मिनेटमा मेसीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । मेसीले जोर्डी अल्बाको पासमा गोल हानेका थिए । त्यस्तै खेलको ३८औ मिनेटमा लुइस स्वरेजले गोल गर्दै बार्सिलोनाको अग्रतालाई दोब्बर पारेका थिए ।
पहिलो हाफमा २-० को अग्रता लिएको बार्सिलोनाले खेलको इन्जुरी समयमा मेसीको पासमा पाउलिन्होले गोल गर्दै बार्सिलोनालाई ३-० को सहज जित दिलाएका थिए ।
यस खेलम मेसीले बर्सिलोनाका लागि ला लिगाको ४ सयौ खेल खेल्दै ३६५औ गोल गरेका छन् । मेसीले ला लिगाको ४ सयौ खेल खेल्दा कुल १४४ गोल असिष्ट गरेका छन् । ला लिगामा मेसी भन्दा अगाडी जाभीले ५०५ र इनेष्टाले ४२७ खेल खेलेका छन् ।
त्यस्तै लुइस स्वरेजले बार्सिलोनाका लागि १३२औ गोल गरेका छन् ।
यो जित पछि बार्सिलोना १८ खेलमा ४८ अंक सहित ला लिगाको शिर्ष स्थानमा कायमै रहेको छ । भने लिभान्टे १८ खेलमा १८ अंक सहित लिगको १६औ स्थानमा रहेको छ ।