• २०८१ बैशाख ७ शुक्रबार

बाढीपहिरोबाट हालसम्म ६६ जनाको मृत्यु

kharibot

वर्षाका कारण वीरगन्जको राधेमाइटोल, श्रीपुर नयाँ बस्तीसहित डुबान परेको छ । तस्बिर : बिजयकुमार महतो, पर्सा, रासस

काठमाडौँ । गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानका कारण हालसम्म ६६ जनाको मृत्यु भएको जनाएको छ । 

गृह मन्त्रालयका अनुसार बाढीपहिरोबाट २८ घाइते र ५३ जना बेपत्ता रहेका छन् ।

रौटहटमा नौ, सुनरसीमा आठ, मोरङमा छ, सिन्धुली र झापामा चार-चार, दाङ, बाँके, सर्लाही, मकवानपुर र सुर्खेतमा तीन÷तीन, बर्दिया, बारा, पाँचथर, महोत्तरी, हुम्ला, बाग्लुङ र चितवनमा दुई÷दुई तथा धनुषा, पाल्पा, इलाम र कपिलवस्तुमा एक-एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी झापामा १४, रौटहटमा आठ, मोरङमा सात, सुनसरीमा छ, मकवानपुर र पाँचथरमा तीन÷तीन, पर्सामा दुई तथा सप्तरी, सर्लाही, इलाम, धनुषा, बारा, सिन्धुली, धादिङ, नवलपरासी र बर्दिमा एक÷एक जना बेपत्ता भएका छन् । 

विपद्का कारण हालसम्म एक हजार पाँच घरमा क्षति पुगेको गृहमन्त्रालयले जनाएको छ ।

बाढीपहिरो तथा डुबानमा परेका व्यक्तिको खोज,उद्धार र राहत वितरणका लागि केन्द्रमा गृह मन्त्रालय र प्रभावित जिल्लामा जिल्ला प्रशासन कार्यालयमा कमाण्ड पोस्ट स्थापना गरी प्रतिकार्यका लागि समन्वय भइरहेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । राहत वितरणका लागि प्रभावित २१ जिल्लामा रु एक करोड ९८ लाख रकम निकासा गरिएको गृह मन्त्रालयले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै