बाढीपहिरोबाट हालसम्म ६६ जनाको मृत्यु

खरीबोट

वर्षाका कारण वीरगन्जको राधेमाइटोल, श्रीपुर नयाँ बस्तीसहित डुबान परेको छ । तस्बिर : बिजयकुमार महतो, पर्सा, रासस

काठमाडौँ । गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानका कारण हालसम्म ६६ जनाको मृत्यु भएको जनाएको छ । 

गृह मन्त्रालयका अनुसार बाढीपहिरोबाट २८ घाइते र ५३ जना बेपत्ता रहेका छन् ।

रौटहटमा नौ, सुनरसीमा आठ, मोरङमा छ, सिन्धुली र झापामा चार-चार, दाङ, बाँके, सर्लाही, मकवानपुर र सुर्खेतमा तीन÷तीन, बर्दिया, बारा, पाँचथर, महोत्तरी, हुम्ला, बाग्लुङ र चितवनमा दुई÷दुई तथा धनुषा, पाल्पा, इलाम र कपिलवस्तुमा एक-एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी झापामा १४, रौटहटमा आठ, मोरङमा सात, सुनसरीमा छ, मकवानपुर र पाँचथरमा तीन÷तीन, पर्सामा दुई तथा सप्तरी, सर्लाही, इलाम, धनुषा, बारा, सिन्धुली, धादिङ, नवलपरासी र बर्दिमा एक÷एक जना बेपत्ता भएका छन् । 

विपद्का कारण हालसम्म एक हजार पाँच घरमा क्षति पुगेको गृहमन्त्रालयले जनाएको छ ।

बाढीपहिरो तथा डुबानमा परेका व्यक्तिको खोज,उद्धार र राहत वितरणका लागि केन्द्रमा गृह मन्त्रालय र प्रभावित जिल्लामा जिल्ला प्रशासन कार्यालयमा कमाण्ड पोस्ट स्थापना गरी प्रतिकार्यका लागि समन्वय भइरहेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । राहत वितरणका लागि प्रभावित २१ जिल्लामा रु एक करोड ९८ लाख रकम निकासा गरिएको गृह मन्त्रालयले जनाएको छ । 

सम्बन्धित समाचार

बाढीले भियतनाममा ६० को मृत्यु

हनोइ  (रासस/सिन्ह्वा) / भियतनामको उत्तरी र मध्य क्षेत्रमा यसै हप्ता भिषण बर्षापछि आएको बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ६० पुगेको समाचार छ । भियतनामको विपद् व्यवस्थापन तथा नियन्त्रण सम्वन्धी निकायले

विदेशमा रहेको नेपालीहरुको सहयोगमा  बाराका बाढी पिडितलाई राहत वितरण

बारा । ईजरायलमा रहेका नेपाली भाषी एवंम् नेपालीहरुको आर्थिक सहयोगमा आज बाराको भलुहीका बाढीपीडित परिवारलाई राहत वितरण गरेको छ । साउन अन्तिम साता परेको भिषण वर्षासँगै आएको बाढिले पूर्ण क्षति पुर्याएको जीतपुरसिमरा

मोरङ मिक्लाजुङका बाढीपीडितलाई छोएन दशैँले

उर्लाबारी, मोरङ (रासस)। मोरङ, मिक्लाजुङ–६ की नरमाया अधिकारी विगत एक वर्षदेखि स्थानीय मिक्लुङ सामुदायिक वनभित्र टहरा बनाएर बस्दै आउनुभएको छ ।  नरमायामात्र हैन नुनसरी बक्राहा खोलाले घरबारविहीन दुई दर्जनभन्दा बढी घरपरिवार सो

टेक्ससका बाढीपीडितलाई नेपाली युवाको सहयोग

अमेरिका । गत अगष्टमा अमेरिकाको टेक्सस राज्यमा आएको हार्वे आँधीपछिको बाढीले प्रभावित हस्टन र रकपोर्टमा नेपाली युवा पनि मानवीय सहयोग कार्यमा सहभागी भएका छन् । नेपाली स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक