• २०८१ बैशाख ७ शुक्रबार

राष्ट्रिय महिला फुटबल लिगको पहिलो खेलमा आर्मीद्वारा पुलिस पराजित

kharibot

काठमाडौँ । राखेप च्याम्पियनसिपअन्तर्गत १६औँ राष्ट्रिय महिला फुटबल लिगको पहिलो खेलमा त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा आर्मीले पुलिसलाई ४–१ गोलअन्तरले पराजित गरेको हो । आर्मीका लागि कप्तान कृष्णा खत्री र अञ्जली वाइवाले दुई÷दुई गोल गरे । 

पुलिसका लागि घिमकुमारी घिसिङले सानत्वना गोल गरेकी थिइन् । लिगमा आर्मी समूह ‘ख’को उपविजेता बन्दै सुपर लिगमा प्रवेश गरेको छ भने पुलिस समूह ‘क’को विजेता हुँदा सुपर लिगमा पुगेको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै