प्याब्सनले मंगलबार देशैभर शाेकविदा दिने

खरीबोट

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन ९प्याब्सन० नेपालले आगामी मंगलबार देशभरिका निजी विद्यालय बन्द गर्ने भएको छ । 

प्याव्सनका पूर्वअध्यक्ष डा बाबुराम पोखरेलेको निधनमा प्याब्सनको आज बसेको आकस्मिक बैठकले देशभरिका निजी विद्यालय बन्द गर्ने निर्णय गरेको प्याब्सनका महासचिव राजेन्द्र बानियाँले जानकारी दिए । 

प्याब्सनका पूर्वअध्यक्ष पोखरेलेको आज बिहान नर्भिक अस्पतालमा निधन भएको थियो । यसैगरी बैठकले आगामी मंगलबार, बुधबार र बिहीबार तीन दिनसम्म प्याब्सनका झण्डा झुकाउनेसमेत निर्णय गरेको उनले बताए । पोखरेलको निधनप्रति दुःख व्यक्त गर्दै प्याब्सनले यही पुस २९ गतेसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्नेसमेत निर्णय गरेको छ । 

उनी मुटु रोगबाट पीडित थिए । प्याब्सनका सल्लाहकारसमेत रहेका ६७ वर्षीय डा पोखरेलको मंगलबार नै दाहसंस्कार गरिने भएको महासचिव बानियाँले बताए । विनायकसुधा भिएस निकेतनका संस्थापक प्रधानाध्यापकसमेत हुन् । 

विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक बाट समानुपातिक सभासद् भएका थिए । 

सम्बन्धित समाचार

सेवामा मूल्य फरक हुन्छ, अभिभावकले सुविधाअनुसार शुल्क तिर्नैपर्छ : प्याब्सन अध्यक्ष सम्बाहाम्फे

काठमाडौं । सरकारी विद्यालयमा पुर्याइने पाठ्यपुस्तक र निजी विद्यालयले लिने भर्ना शुल्कको सन्दर्भमा शिक्षा विभागमा शुक्रबार सरोकारवाला निकायहरु शिक्षामन्त्री, शिक्षा विभाग, अभिभावक संगठन, निजी विद्यालयको संगठन (प्याब्सन) र विद्यार्थी संगठनहरुबीच

विद्यार्थीद्वारा प्याब्सन र एनप्याब्सनमा तालाबन्दी

काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले आज निजी विद्यालयको चर्को शुल्क वृद्धि फिर्ता गरिनुपर्ने माग राख्दै देशभरका निजी विद्यालयको संगठनको कार्यालयमा तालाबन्दी गरेका छन् ।  अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी र

प्याब्सनले मंगलबार देशैभर शाेकविदा दिने

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन ९प्याब्सन० नेपालले आगामी मंगलबार देशभरिका निजी विद्यालय बन्द गर्ने भएको छ ।  प्याव्सनका पूर्वअध्यक्ष डा बाबुराम पोखरेलेको निधनमा प्याब्सनको आज बसेको आकस्मिक बैठकले देशभरिका