• २०८१ बैशाख १३ बिहीबार

जगदम्बा सिमेन्टद्धारा “प्राविधिक गोष्ठी सम्पन्न”

kharibot

काठमाडौँ । जगदम्बा सिमेन्टले काठमाण्डौमा इन्जिनियरहरुको प्राविधिक गोष्ठी सम्पन्न गरेको छ ।

काठमाण्डौ जिल्लामा पुस २१ गते इन्जिनियर वर्गसँग जगदम्बा सिमेन्ट ककसमा सुरक्षित र दिगो निर्माण, पुन निर्माण सामग्रीको छनोट र प्रयोग लगायत ब्लेनडेड सिमेन्टको उच्चतम प्रयोग तथा उपभोग लगायत उपभोक्ता मैत्री सेवाका विषयमा छलफल तथा अन्तरक्रियामा सम्पन्न गरेको छ

३० जना भन्दा बढी प्राविधिक ब्यक्तिहरुको उपस्थिती रहेको सो गोष्ठीमा नगरपालिका योजना प्रमुख देखी लिएर भुकम्प प्रतिरोधी निर्माण गर्ने प्राविधिक, जगदम्बा सिमेन्टका वरिष्ठ आयोजना प्रमुख र वरिष्ठ ईन्जिनियरहरुको समेत उपस्थिति रहेको थियो । 

गुणस्तरीय उत्पादन, वृहत सञ्जाल र गुणस्तरमा एकरुपता जस्ता विशेषता बोकेको जगदम्बा सिमेन्टले उपभोक्ता मुखी सेवालाई नै आफ्नो मुल वाटो बनाउदै अघि बढीरहेको सर्वविदीतै छ । विभिन्न ठाउँहरुमा विभिन्न उपभोक्तामुखी कार्यक्रमहरु जस्तै डिलर भेटघाट कार्यक्रम, निर्माणकर्मी भेटघाट, अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न गरिसकेको छ । 

यस कार्यक्रममा जगदम्बा सिमेन्टमा कार्यरत वरिष्ठ आयोजना प्रमुख सुनिल पौडेल र वरिष्ठ इन्जिनियर रमनहरी भुर्तेलले विविध प्राविधिक प्रस्तुति दिएका थिए । साथै ब्राण्ड प्रवन्धक जगन्नाथ दहालले ब्लेनडेड सिमेन्टको प्रयोगले एकातर्फ देशमा रहेको श्रोत(चुनढुङ्गा) को न्यूनतम प्रयोग गरी अधिकतम लाभ लिन सकिने र अर्कोतर्फ उपभोक्तालाई पनि व्ययभार कम पर्न जान कुरा प्रस्ट्याएका थिए  । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै