• २०८१ बैशाख ८ शनिबार

महराले गरे स्वराजसँग टेलिफोन बार्ता, भारतले भन्यो बाधका सबै ढोका खुल्यो

kharibot

फाइल तस्विर

काठमाडौँ । उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतका विदेशमन्त्री सुष्मा स्वराजसँग टेलिफोन वार्ता गरेका छन् । 

आइतबार साँझ भएको उक्त टेलिफोन वार्तामा भारतीय विदेशमन्त्री स्वराजले कोशी व्यारेजलगायत अन्य बाँधको ढोका खोल्न भारत सरकारले निर्देशन दिएको जानकारी गराएकी थिइन् ।

नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले विपद्को यस घडीमा भारत सरकारले सक्दो सहयोग गर्ने बताएको उपप्रधानमन्त्रीका प्रेस तथा जनसम्पर्क संयोजक हरि लामिछाने बताए । 

यसैबीच काठमाडौँस्थित भारतीय दुताबासले कोशी, गण्डक र राप्तीका सबै ब्यारेक खोलिएको बताएको छ  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै