प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव खर्च ५ अर्ब ६२ करोड

खरीबोट

काठमाडौँ । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव खर्च सार्वजनिक गरेको छ ।

आयोगले प्रतिनिधि सभा  र प्रदेश सभा निर्वाचनमा ५ अर्ब ६२ करोड २१ लाख ४७ हजार २९९ (कुल बजेटको ५७.९६ प्रतिशत) रुपैयाँ खर्च भएको जनाएको छ ।

आयोगलाई सरकारले निर्वाचन प्रयोजनका लागि १० अर्ब रुपैयाँ बजेट दिएको थियो। आयोगले १० अर्ब रुपैयाँबाट ३० करोड रुपैयाँ रकम पूँजीगत खर्चका लागि छुट्याएको थियो।

आयोगले पुस  २१ गतेसम्मको खर्च विवरण सार्वजनिक गरेको हो। निर्वाचन आयोगले कान्तिपथस्थित कार्यालयबाट ७६ करोड ६ लाख ७८ हजार ६९१ (७.८४ प्रतिशत) रुपैयाँ मात्र खर्च भएको  जनाएको छ।

निर्वाचनका लागि ७७ जिल्लामा ४ अर्ब ८६ करोड १४ लाख ६८ हजार ६०८ रुपैयाँ निकासा गरिएको पनि जानकारी दिएको छ। आयोगका प्रवक्ता नवराज ढकालले जारी गरेको विज्ञप्तिमा सरकारले दिएको बजेटमध्ये ४ अर्ब ७ करोड ७८ लाख ५२ हजार ७ सय रुपैयाँ बाँकी रहेको उल्लेख छ।

उक्त रकमबाट राष्ट्रिय सभा र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गराउने जनाएको छ।
.........................

सम्बन्धित समाचार

निर्वाचन आयोगको बेरुजु फछ्र्योट ६० प्रतिशत

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०७३÷०७४ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।  राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रपतिसमक्ष

निर्वाचनमा लिएका ४४ वटा गाडी निर्वाचन आयोगद्वारा सरकारलाई हस्तान्तरण

काठमाडौँ । निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित नेपाल सरकारअन्तर्गतका विभिन्न निकायलाई आज ४४ थान सवारी साधन हस्तान्तरण गरेको छ ।  आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालले आफ्नै कार्यकक्षमा मन्त्रिपरिषद्को कार्यालयसहित उपराष्ट्रपतिको

निर्वाचन आयोगद्वारा इयुको निर्वाचन पर्यवेक्षण प्रतिवेदन अस्वीकार

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पर्यवेक्षणबारे युरोपेली सङ्घद्वारा जारी प्रतिवेदन अस्वीकार गरेको छ ।  ‘इयुको प्रतिवेदन र सो सम्बन्धमा उक्त संस्थाले जारी गरेको प्रेस विज्ञप्ति भ्रामक, तथ्यहीन र

निर्वाचन आयोगद्वारा राजनीतिक दलका प्रतिनिधिसँग छलफल

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचन सञ्चालन र व्यवस्थापनको तयारीका क्रममा राजनीतिक दलका प्रतिनिधिसँग अन्तक्र्रिया तथा छलफल गरेको छ ।  आयोगमा आज भएको छलफलमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र,