• २०८१ बैशाख ७ शुक्रबार

रोनाल्डो बिनाको रियल म्याड्रिड कल्पना पनि गर्न सक्दिन – प्रशिक्षक जिदान

kharibot

काठमाडौँ । रियल म्याड्रिडला प्रशिक्षक जिनेदिन जिदानले क्रिस्टियानो रोनाल्डो बिनाको रियल म्याड्रिड अहिले कल्पना पनि गर्न नसक्ने बताएका छन् ।  

रोनाल्डोले रियल म्याड्रिड छोड्ने हल्लाका बीच प्रशिक्षक जिदानले रोनाल्डोले अहिले रियल छोड्ने कुनै सम्भावना नभएको बताएका हुन् ।

पछिल्लो पटक रोनाल्डो आफ्नो पुरानै क्लब म्यानचेस्टर युनाइटेडमा फर्कने हल्ला चलेको थियो । तर ती हल्लाहरु अफवाह मात्रै भएको जिदानले प्रष्ट पारेका छन् ।  आइतबार सेल्टा भिगोसँगको ला लिगा अन्तर्गतको खेलको पूर्वसन्ध्यामा मिडियासँगको सक्षात्कारमा जिदानले सो धारणा उक्त खुलासा गरेका हुन् ।

फुटबल स्टार रोनाल्डोलाई म्यानचेस्टर युनाइटेडले भित्र्याउन चाहेको भए पनि रोनाल्डो भने रियल छाडेर अन्यत्र नजाने जिदानले बताएका छन् । रोनाल्डो सन् २००९ मा म्यानचेस्टर युनाइटेडबाट रियल मड्रिडमा कीर्तिमानी रकममा आएका थिए । 

जिदानले रोनाल्डोले आफ्नो व्यवसायिक फुटबल क्यारियर रियल मै अन्त्य गर्ने दाबि गर्दै रोनाल्डो अब रियल बाहेक अन्य क्लबमा खेल्ने सम्बह्वाना आफुले नदेखेको जिदानले बताएका छन् ।

नेइमार पिएसजीबाट रियल जाने हल्ला पछि पिएसजीले रोनाल्डोमाथि इच्छा देखाएको रिपोर्ट पनि आएको थियो । ५ पटक विश्वको चर्चित बेलुन डो अर जितेका रोनाल्डो अहिले पनि विश्वका उत्कृष्ट खेलाडी मानिन्छन ।

यस सिजनमा लयमा नदेखिएको रियल म्याड्रिड ला लिगामा शिर्ष स्थानमा रहेको बार्सिलोना भन्दा १४ अंकले पछाडी रहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै