• २०८१ बैशाख ७ शुक्रबार

राष्ट्र बैंकले भोलि चार सय ८५ करोडको ट्रेजरी बिक्री गर्ने

kharibot

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोली सोमबार चार सय ८५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । जारी मिती पुस २५ गते तोकेर उक्त ट्रेजरी बिल खरिद गर्नको लागि भोली सोमबार अपरान्ह दुुई बजेसम्म आवेदन दिनुुपर्ने छ । 

बिक्री गरिने कुल ट्रेजरी मध्येमा २८ दिने अवधिको तीन सय २५ र ९१ दिने अवधिको एक सय ६० करोड रुपैयाँ रहेको छ । यसमध्ये २८ दिने अवधिको परिपक्व मिती २०७४ माघ २३ गते रहेको छ भने ९१ दिने अवधिको परिपक्व हुुने मिती २०७४ चैत २७ गते रहेको छ । 

यसअघि पनि राष्ट्र बैंकले यही पुुस १७ गते २८ दिने अवधिको तीन सय करोड, ९१ दिने अवधिको ५६ करोड, एक सय ८२ दिने अवधिको तीन सय करोड र तीन सय ६४ दिने अवधिको दुुई सय करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै