• २०८१ बैशाख ८ शनिबार

बाढी पिडितलाई सहयोग गर्न गृहमन्त्रालयद्वारा एक करोड ९७ लाख निकासा

kharibot

काठमाडौँ ।गृह मन्त्रालयले बाढी, पहिरो र डुबानको प्रकोपमा परेकालाई आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यले करिब रु एक करोड ९७ लाख प्रभावित जिल्लामा आज निकासा गरेको छ । 

जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत सो रकम पीडितको अवस्था हेरी वितरण गरिने मन्त्रालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयअन्तर्गत रहने सो समितिले सम्बन्धित जिल्लामा भएको घटनाको विवरण संकलन गर्ने तथा क्षतिको तथ्याङ्क लिई सो रकमबाट राहत वितरण गर्ने छन् । 

मन्त्रालयका आर्थिक प्रशासन प्रमुख शिवनाथ पौडेलले प्रारम्भिक चरणका लागि पठाइएको सो रकम पीडित समूहमा भएको क्षति तथा प्रभावितको घरबारविहीन अवस्थालाई मूल्याँकन गरी पुनः आवश्यकताअनुसार सहयोग थप गर्न सकिने जानकारी दिए । 

पहाड तथा तराईका गरी करिब २० जिल्लामा केही दिनदेखि आएको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण हालसम्म ४० भन्दा बढी नागरिकको मृत्यु भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै