• २०८१ बैशाख ५ बुधबार

‘टाइगर जिन्दा है’ ३ सय करोड क्लबमा, राख्यो यस्ता १० रेकर्ड 

kharibot

मुम्बई । बलिवुडमा सलमान खानको फिल्म ‘टाइगर जिन्दा है’ ले भारतीय बक्स अफिसका रेकर्ड तोड्ने क्रम जारी रहेको छ । 

फिल्मले रिलिज भएको १६औ दिन फिल्म ३ सय करोड क्लबमा प्रवेश गरेको छ । बलिवुडका फिल्म समिक्षक तरन आदर्शका अनुसार फिल्मले १६औ दिन शनिबार ३ सय करोडको ब्यापार गर्ने फिल्म बनेको हो । फिल्मले पहिलो दुई दिनमा ५० करोड, ३ तिनमा सय करोड, ४ दिनमा १५० करोड र ७ दिनमा २०० करोडभन्दा बढी व्यापार गरेको थियो ।

भारतीय मिडियाका अनुसार ‘टाइगर जिन्दा है’ ले भारतमा मात्र होइन विदेशी बक्स अफिसमा पनि राम्रो कमाई गरेको उल्लेख गरेका छन् । विदेशमा पहिलो १६ दिनमा ११० करोड भन्दा बढीको व्यापार गरेको बताइएको छ । 
यस फिल्मले आफ्नो सेटेलाइट अधिकार ९५ करोडमा, डिजिटल अधिकार ४० करोडमा र फिल्मको म्युजिक अधिकार १५ करोडमा बिक्रि गरेर फिल्मको लागत उठाइसकेको बताइएको छ ।

सन् २०१२ मा आएको फिल्म ‘एक था टाइगर’ को सिक्वेल फिल्म ‘टाइगर जिन्दा है’मा लगभग ५ वर्षपछि सलमान खान र कट्रिना कैफको जोडीलाई देख्न सकिन्छ ।  निर्देशक अली अब्बास जफरको निर्देशनमा बनेको यस फिल्मको ट्रेलरले पनि धेरै रेकर्ड बनाइसकेको छ । 

आदर्शका अनुसार फिल्म १३० करोडको लगानीमा बनेको र फिल्मको प्रमोशनमा करिब २० करोड खर्च भएको छ । यसरी हेर्दा फिल्मको कुल खर्च १५० करोड रहेको बताइएको छ । 

फिल्मले अहिलेसम्म व्यापारका १० रेकर्ड राखेको छ :


१.    टाइगर जिन्दा हैले रिलिजको १६औ दिन ३ सय करोडको ब्याप्रा गरेको छ ।
२.    यस बर्ष ३ सय करोड व्यापार गर्ने दोस्रो फिल्म हो ।
३.    यो फिल्म ३ यस करोडको ब्यापार गर्ने छैठौ बलिवुडको फिल्म हो ।
४.    ३ सय करोड व्यापार गर्ने सलमान खानको यो तेस्रो फिल्म हो ।
५.    निर्देशक अलि अब्बास जाफरको ३ सय करोड व्यापार गर्ने दोस्रो फिल्म हो ।
६.    अभिनेत्री कट्रिना कैफको ३ सय करोड व्यापार गर्ने तेस्रो फिल्म हो ।
७.    टाइगर जिन्दा है विश्वबर ५७ सय स्क्रिनमा रिलिज भएर ३ सय करोड ब्यापर गरेको फिल्म बनेको छ ।
८.    निर्देशक जाफर दुई फिल्मले ३ सय करोड व्यापार गर्ने बलिवुडको पहिलो निर्देशक बनेका छन् ।
९.    यो फिल्म छिटो ३ सय करोड क्लबमा पुग्ने बलिवुडको तेस्रो फिल्म हो ।
१०.    ३ फिल्मले ३ सय करोड व्यापार गर्ने सलमान खान बलिवुडका पहिलो अभिनेता बनेका छन् ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै