• २०८१ बैशाख ८ शनिबार

पाथिभरा गोल्डकप : सगरमाथा युवा क्लव मोरङ फाइनलमा

kharibot

फाइल तस्विर

ताप्लेजुङ । सगरमाथा युवा क्लव मोरङ ताप्लेजुङमा भइरहेको पाथिभरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । 

आइतबार भएको दोस्रो सेमिफाइनलमा सशस्त्र प्रहरी बल दमकलाई २–१ गोलले पराजित गर्दै सगरमाथा युवा क्लव मोरङ फाइनलमा प्रवेश गरेको हो । 

अब प्रतियोगिताको उपाधिका लागि चर्च व्याइज काठमाडौं र सगरमाथा युवा क्लव खेल्ने भएका छन् । 

शनिबार भएको पहिलो सेमिफाइनलमा घरेलु टोली नव प्रयास युवा क्लवलाई १–० ले पराजित गर्दै चर्च व्याइजले फाइनलमा पुगेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै