पाथिभरा गोल्डकप : सगरमाथा युवा क्लव मोरङ फाइनलमा

खरीबोट

फाइल तस्विर

ताप्लेजुङ । सगरमाथा युवा क्लव मोरङ ताप्लेजुङमा भइरहेको पाथिभरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । 

आइतबार भएको दोस्रो सेमिफाइनलमा सशस्त्र प्रहरी बल दमकलाई २–१ गोलले पराजित गर्दै सगरमाथा युवा क्लव मोरङ फाइनलमा प्रवेश गरेको हो । 

अब प्रतियोगिताको उपाधिका लागि चर्च व्याइज काठमाडौं र सगरमाथा युवा क्लव खेल्ने भएका छन् । 

शनिबार भएको पहिलो सेमिफाइनलमा घरेलु टोली नव प्रयास युवा क्लवलाई १–० ले पराजित गर्दै चर्च व्याइजले फाइनलमा पुगेको थियो ।
 

सम्बन्धित समाचार

पाथीभरा गोल्डकपको उपाधि चर्च ब्वाइज काठमाडौँलाई

ताप्लेजुङ ।  ताप्लेजुङमा आज सम्पन्न दोस्रो पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड काठमाडाँैले हात पारेको छ ।  सदरमुकाम फुङलिङस्थित भानुजन माविको खेल मैदानमा भएको फाइनल खेलमा सगरमाथा युवा क्लब

पाथीभरा गोल्डकप : चर्च ब्वाइज काठमाडौँ सेमिफाइनलमा

ताप्लेजुङ । यहाँ जारी पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा राष्ट्रिय जागृति क्लब इटहरीलाई २–१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।  प्रतियोगितामा अतिरिक्त समयको सदुपयोग

पाथीभरा गोल्डकप : शसस्त्र प्रहरीको फुटबल टिम सेमिफाइनलमा

ताप्लेजुङ । ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप फुटबलअन्तर्गत बुधबारको खेलमा साविक विजेता गोर्खा स्पोर्टिङ क्लबलाई पराजित गर्दै शसस्त्र प्रहरी फुटबल टिम दमक सेमिफाइनलमा प्रवेश गरेको छ ।  शसस्त्रले टाइ बे्रकरमा ४–३ गोलको अन्तरले

नव प्रयास पाथीभरा गोल्डकपको सेमिफाइनलमा प्रवेश

 ताप्लेजुङ ।  घरेलु टिम नव प्रयास युवा क्लबले ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।  आज भएको खेलमा पथरी स्पोर्टिङ क्लब पथरीलाई शुन्यका विरुद्ध दुई गोल अन्तरले