गेटाफेमाथि एथलेटिकोको सजिलो जित, गोलको खुशियाली मनाउदा कोष्टाले पाए रातो कार्ड 

खरीबोट

काठमाडौँ । स्पेनिश ला लिगामा अन्तर्गत एथलेटिको म्याड्रिडले गेटाफेलाई २-० ले पराजित गरेको छ । शनिबार भएको खेलमा एन्जेल कोरिया र दिएको कोष्टाले गोल गर्दै एथलेटिकोलाई जित दिलाएका थिए । 

हालै एथलेटिकोमा फर्किएका कोष्टाले एथलेटिकोका लागि दुई खेलमा दुई गोल गरेका छन् । तर कोष्टाले गोल गरेपछि खुशियाली मनाउने क्रममा गरेको ब्यबहार प्रति रेफ्रीले दोस्रो पहेलो कार्ड दिएपछि उनले मैदान छोड्नु परेको थियो । कोष्टाले खुशियाली मनाउन दर्शक दीर्घामा रहेका आफ्ना समर्थकसँग पुगेका थिए । 

यस अघि कोपा डेल रे को खेलमा एथलेटिकोमा पुनरागमनको पहिलो खेल खेल्दै गोल अग्रेका थिए भने यस खेलमा ला लिगाको पहिलो खेलमा गोल पनि गरे र रातो कार्ड पनि पाए ।

खेलको ६८औ मिनेटमा कोष्टाले रातो कार्ड पाएपछि एथलेटिको १० खेलाडीमा सिमित भएको थियो । यस खेलमा पहिलो हाफमा ६ र कुल ८ पहेलो कार्ड देखाइएको थियो । 

एथलेटिकोले ला लिगामा १८ खेलमा ३९ अंक सहित लिगको दोस्रो स्थानमा रहेको छ । एथलेटिको बार्सिलोना भन्दा ६ अंकले पछाडी रहेको छ ।
त्यस्तै गेटाफे १८ खेलमा २३ अंक सहित लिगको अठौ स्थानमा रहेको छ ।  
 

सम्बन्धित समाचार

मेसी र स्वरेजले गरे ला लिगाका १५ टिमले भन्दा बढी गोल 

काठमाडौँ । स्पेनिस ला लिगामा बार्सिलोनाका लियोनेल मेसी र लुइस स्वरेजको जादु यस सिजनमा निकै चलेको छ ।  गएराती भएको रियल बेटिसविरुद्धको खेलमा दुवैले २-२ गोल गर्दै बार्सिलोनाको विजय यात्रा कायम

बार्सिलोनाको विजय यात्रा जारी, मेसी र स्वरेजले गरे २-२ गोल 

काठमाडौँ । स्पेनिस ला लिगामा बार्सिलोनाको विजय यात्रा जारी रहेको छ । गएराती भएको खेलमा रियल बेटिसलाई ५-० गोल अन्तरले पराजित गर्दै बार्सिलोना ला लिगामा आफ्नो अग्रता कायम राखेको छ

डिपोर्टिभोमाथि रियल म्याड्रिडको गोलको वर्षा; रोनाल्डो, बेल र नाचोले गरे दुई दुई गोल 

काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिडले डिपोर्टिभो लाकुरानामाथि गोलको वर्षा गरेको छ । गएराती भएको खेलमा रियल म्याड्रिडले डिपोर्टिभोलाई ७-१ गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा

ला लिगामा भ्यालेन्सियाको हार र एथलेटिको बराबरीपछि बार्सिलोनालाई पुग्यो फाइदा 

काठमाडौँ । स्पेनिस ला लिगामा दोस्रो र तेस्रो स्थानमा रहेका एथलेटिको म्याड्रिड बराबरी र भ्यालेन्सियाले हार बेहोरेको छ ।  गएराती भएको खेलमा एथलेटिको म्याड्रिड गिरोनासँग १-१ गोलको बराबरीमा रोकियो भने भ्यालेन्सिया