चितवनको बालगृहमा बाढी पसेपछि ३६५ जनाको हेलिकप्टरबाट उद्धार

खरीबोट

चितवन । पश्चिम चितवनको जगतपुरमा रहेको आशा बालगृहमा राप्तीको बाढी पसेपछि त्यहाँ रहेका विद्यार्थी, शिक्षक र कर्मचारीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । 

बालगृहलाई बीचमा पारेर राप्तीको भङ्गालो बगेपछि त्यहाँ ३६५ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए । उनीहरुलाई नजिकै रहेको गौरचनको विद्यालयमा राखिएको छ । 

बालगृह भवनको पहिलो तला पानीले भरिएपछि उनीहरु दोस्रो, तेस्रो तला र छतमा बसेका थिए । सो स्थानमा भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाह, प्रजिअ भट्टलगायत सुरक्षा निकायका प्रमुख पुगेपछि हेलिकप्टर मगाएर उद्धार गरिएको हो । 

यसअघि २०५९ सालमा बाढी आउँदासमेत सो बालगृह डुबानमा परेको थियो । 

यस्तै चितवन राष्ट्रिय निकुञ्जका १५ वटा सुरक्षा पोस्टमा बाढी पसेपछि त्यहाँ रहेका सुरक्षाकर्मी र निकुञ्जका कर्मचारीलाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको छ । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार भीमपुर, कछुवानी, जर्नेली, सुकिभार, ध्रुव, घडगाई र बाघमारालगायतका पोस्ट बाढीले डुबानमा परेका छन् । निकुञ्जमा ५७ वटा पोस्ट रहेका छन् । 

निकुञ्ज हुँदै बग्ने खोलाको पानी राप्ती नदीको पानीले ठेलिएपछि पोस्टहरु डुबानमा परेका हुन् । त्यसैगरी निकुञ्जका वन्यजन्तु समेत बाढीले बगाएको अर्यालले बताउनुभयो । यद्यपि बाढीले बगाएको जनावरको एकिन तथ्यांक भने आउन सकेको छैन । 

सम्बन्धित समाचार

पहिरो र बाढीपीडित अन्धकारमा

बाबियाचौर, म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलाका बाढी र २ बँैसरीका पहिरोपीडित बस्दै आएको टहरामा विद्युत् सुविधा नभएपछि अन्धकारमा रात कटाउन बाध्य भएका छन् ।  टहरामा विद्युत् र खानेपानीको प्रमुख समस्या छ ।

बाढीबाट क्षतिको पुनःउत्थानका लागि ७३ अर्ब लाग्ने

काठमाडौँ । गत साउनमा गएको भीषण वर्षाबाट उत्पन्न बाढीले रु ६० अर्ब ७१ करोड ६६ लाख क्षति भएको प्रारम्भिक प्रतिवेदनले जनाएको छ ।  राष्ट्रिय योजना आयोगले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको बाढीपछिको

तराईमा आएको बाढीका कारण कृषि क्षेत्रमा रु पाँच अर्बको क्षति

काठमाडौँ । कृषि विकास मन्त्रालयले केही महिनाअघि तराईमा गएको बाढीका कारण ३० जिल्लामा रु पाँच अर्बभन्दा बढीको कृषि क्षेत्रमा क्षति पुगेको जनाएको छ ।  सैँतीसौँ विश्व खाद्य दिवसका अवसरमा यहाँ सोमबार

तराईका बाढीपीडितलाई राहत प्याकेज दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले तराईका बाढीपीडितलाई राहत प्याकेज दिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीले प्रभावित तराई क्षेत्रका नागरिकलाई विशेष प्याकेज दिने निर्णय गरेको हो । विशेष राहत प्याकेज लैजान अर्थ