आठ घण्टाभन्दा कम सुत्नेलाई मानसिक समस्याको खतरा

खरीबोट

सान फ्रान्सिस्को ।  दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशा (डप्रेसन)को समस्या देखिएको एक अध्ययनले देखाएको छ । 

अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन विश्वविद्यालयलले हालै गरेको एक अध्ययनले सो तथ्य पत्ता लागेको जनाएको थियो । 

सुत्ने समयावधि र मानसिक अवस्था बीचको सम्बन्धको तुलनात्मक अध्ययन गर्दा कम सुत्नेमा बढी मानसिक समस्या र चिन्ता देखिएको सो अध्ययनमा पत्ता लागेको हो । विश्वविद्यालयले अध्ययनपछि सार्वजनिक गरेको प्रतिवेदनमा बढी सुत्ने मानिसमा भन्दा कम सुत्ने मानिसमा बढी नकारात्मक सोचाई पाइएको पनि उल्लेख गरेको छ । 

आठ घण्टा भन्दा कम सुत्ने मानिसहरुमा चिन्ता, कुन्ठा, तनाव र निराशा धेरै आउने गरेको सो विश्वविद्यालयद्वारा प्रकाशित मेडिकल जर्नलको पछिल्लो संस्करणमा छापिएको समाचारमा जनाइएको छ । 

त्यसैगरी सो अनुसन्धानले सुत्ने समयमा अनियमितता भएका मानिसहरुलाई ध्यान एकत्रित गर्न निकै गाह्रो हुने गरेको पाइएको पनि बताएका छन् । सुताई नपुगेका मानिसहरुमा आउने नकारात्मक सोचाईका कारण ध्यान एकत्रित गर्न पनि गाह्रो हुने गरेको अनुसन्धानकर्ताहरुको निष्कर्ष छ । 

अनियमित सुताई भएकाहरुमा नकारात्मक सोँचको विकास हुने गरेको र उनीहरुको जीवनमा नै नकारात्मक असर असर समेत पर्ने गरेको पाइएको समाचारमा जनाइएको छ ।अनुसन्धान टोलीका एकजना सदस्य जाकोब नोटाले नकारात्मक सोँचका कारण उत्पन्न परिस्थितिले मानिसलाई तनावका साथै मानसिक असन्तुलनतर्फ समेत उन्मुख गराउनसक्ने खतरा देखिएको बताउनुभयो । 

अनुसन्धानकर्ताहरुले मानसिक तनाव र चिन्ता कम गर्न नियमित रुपमा र दिनमा कम्तीमा आठ घन्टासम्म सुत्नुपर्ने सुझाव पनि दिएका छन् । 

सम्बन्धित समाचार

सुकुटी व्यवसायले सहनी समुदायको जीवनशैली बदलिदै 

वीरगञ्ज । सहनी समुदायले माछाको सुकुटी बनाएर व्यवसाय शुरु गरेपछि उनीहरुको आम्दानी ह्वात्तै बढेको छ ।  परम्परागत रुपमा माछा मार्ने काममा लागेको सहनी समुदाय व्यावसायिक रुपमा माछाको सुकुटी उत्पादन गरी व्यापार

‘पोलियमरी’ सम्बन्ध : एक युवती दुई युवकसँग कसरी प्रेम गर्न सक्छिन् ?

काठमाडौँ । एक युवती दुई युवकसँग कसरी प्रेम गर्न सक्छिन् ? त्यो पनि एकै किसिमको प्रेम !  बिबिसी स्कटल्याण्डले आफ्नो डकुमेन्ट्री ‘लभ अनलिमिटेड’को नयाँ भागमा एउटा यस्तो घटना प्रस्तुत गरेको छ

कम्बोडियाली जीवनशैली !

एक कम्बोडियाली मानिस आफ्नो मोटरसाइकलमा फलफूलका थैलाहरुसहित पछाडि महिलालाई समेत बोकेर फ्नोम पेन्हको एउटा सडकमा यात्रा गर्दै ।

जब म छोराको आँखा हेर्छु, मलाई बलात्कार गर्ने मान्छे देख्छु !

क्याथरिन (नाम परिवर्तन) आफ्नै साथीबाट बलात्कृत भएपछि गर्भवती हुनपुगिन् । उनले गर्भवती प्रेग्नेन्ट (दुई जिउकी) भएको थाहा पाएर पनि एबोर्सन (बच्चा फाल्ने) नगर्ने निर्णय लिइन् र उसलाई जन्म दिइन् । उनको