• २०८१ बैशाख ७ शुक्रबार

शेष घले दम्पतीद्वारा बाढी पिडित राहत कोषमा एक करोड दिने घोषणा

kharibot

शेष घले, फाइल तस्विर

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालका बाढी पीडितलाई आपतकालीन राहत कोष ‘बाढीपिडीत राहत कोष’ स्थापनाका लागि रु एक करोड सहयोग गर्ने भएको छ । 

एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद्को आज बसेको आकस्मिक बैठकले राहतका लागि कोष स्थापना गर्न एनआरएनका अध्यक्ष शेष घले र उनका पत्नी जमुना गुरुङले तत्कालै रु एक करोड दिने घोषणा गरेको संघका प्रवक्ता रञ्जु थापा वाग्लेद्वारा जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

कोषमा अध्यक्ष घले र गुरुङको एमआइटी फाउण्डेसनले एक करोड सहयोग दिने, संघका प्रमुख संरक्षक जीवा लामिछाने तथा उपाध्यक्ष भवन भट्ट र कुमार पन्त, महासचिव डा बद्री केसी र सचिव अर्जुन श्रेष्ठले रु एक-एक लाख तथा प्रवक्ता रन्जु थापाले रु ५० हजार र कोषाध्यक्ष हिक्मत थापाले रु ५१ हजार सहयोगको घोषणा गरिसकेको विज्ञप्तिमा उल्लेख छ । साथै एक साताभित्र रु दुई करोड संकलन गरी वितरण थाल्ने संघको तयारी छ । 

विपद्का बेलामा विश्वभरी छरिएर रहनुभएका नेपालीलाई आफ्नो क्षमताले भ्याएसम्म रकम सहयोग गरी पीडित दाजुभाई तथा दिदीबहिनीलाई सहयोगको हात अगाडि बढाउन गैरआवासीय नेपाली संघले अपिल गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै